\v 14 त्यसो हो भने, हामी के भनौं त? के परमेश्वरसित अधार्मिकता छ त? यस्तो कहिल्यै नहोस् । \v 15 किनकि उहाँ मोशालाई भन्नुहुन्छ, “जसमाथि म दया देखाउन चाहन्छु, त्यसमाथि म दया देखाउनेछु, र जसमाथि म करुणा देखाउन चाहन्छु, त्यसमाथि म करुणा देखाउनेछु ।” \v 16 त्यसैले यो इच्छा गर्नेको कारणले होइन, न त दौड्नेको कारणले नै हो, तर दया देखाउनुहुने परमेश्वरको कारणले नै हो ।