1 line
1.1 KiB
Plaintext
1 line
1.1 KiB
Plaintext
\v 24 यूहन्नाका समाचार वाहकहरू गइसकेपछि येशूले भिडहरूलाई यूहन्नाको बारेमा बताउन थाल्नुभयो, “तिमी उजाड-स्थानमा के हेर्नलाई गयौ, के बतासले हल्लाइराखेको निगालोलाई ? \v 25 तर के हेर्नलाई तिमी गयौ, मलमलको कपडा लगाएको एउटा मानिसलाई ? हेर, राम्रा सुन्दर कपडा लगाएका मानिसहरू राजाका दरबारमा भोगविलाससाथ जिउँछन् । \v 26 तर के हेर्नलाई तिमीहरू बाहिर गयौ, एउटा अगमवक्तालाई ? हो, म तिमीहरूलाई भन्दछु, र एउटा अगमवक्ताभन्दा पनि महान् यहाँ छ । |