forked from WA-Catalog/ne_ulb
87 lines
19 KiB
Plaintext
87 lines
19 KiB
Plaintext
\id JON Unlocked Literal Bible
|
|
\ide UTF-8
|
|
\h योना
|
|
\toc1 योनाको पुस्तक
|
|
\toc2 योना
|
|
\toc3 jon
|
|
\mt1 योनाको पुस्तक
|
|
|
|
|
|
\s5
|
|
\c 1
|
|
\p
|
|
\v 1 अब अमित्तैका छोरा योनाकहाँ परमप्रभुको वचन यसो भनेर आयो,
|
|
\v 2 “उठ् र त्यो ठुलो सहर निनवेमा जा, र त्यसको विरुद्धमा बोल्, किनभने मेरो सामु तिनीहरूको दुष्टता अति धेरै भएको छ ।”
|
|
\v 3 तर परमप्रभुको उपस्थितिबाट भाग्न, र तर्शीशतिर जानलाई योना उठे । तिनी तल योप्पामा गए र तर्शीशतिर जाने एउटा पानी-जहाज फेला पारे । त्यसैले तिनले जहाजको भाडा तिरे र परमप्रभुको उपस्थितिबाट टाढा तर्शीशमा तिनीहरूसितै जानलाई त्यही जहाजमा चढे ।
|
|
\s5
|
|
\v 4 तर परमप्रभुले समुद्रमा एउटा ठुलो बतास पठाउनुभयो र त्यो समुद्रमा एउटा शक्तिशाली आँधी बन्यो । जहाज चाँडै नै नष्ट हुन लाग्दैछ भन्ने थाहा भयो ।
|
|
\v 5 तब नावीकहरू धेरै डराए र हरेक मानिसले आ-आफ्नै देवतालाई पुकार्यो । जहाजलाई हलुको बनाउनका निम्ति त्यसका मालसामान तिनीहरूले समुद्रमा फाले । तर योनाचाहिं जहाजको भित्री भागमा तल गएका थिए, र तिनी त्यहाँ मस्त निद्रामा सुतिरहेका थिए ।
|
|
\s5
|
|
\v 6 यसैले जहाजका कप्तान तिनीकहाँ आए र तिनलाई भने, “तिमी यहाँ सुतेर के गरिरहेका छौ? उठ! आफ्नो देवतालाई पुकार! सायद तिम्रा देवताले हाम्रो वास्ता गर्नेछन् र हामी नष्ट हुनेछैनौं ।”
|
|
\v 7 तिनीहरू सबैले एकआपसमा यसो भने, “आओ, हामी चिट्ठा हालौं, यसरी हामीमाथि आइपरेको यस खराबीको कारण को हो भन्ने कुरा हामीले जान्नेछौं ।” यसैले तिनीहरूले चिट्ठा हाले, र त्यो चिट्ठा योनाको नाउँमा पर्यो ।
|
|
\s5
|
|
\v 8 तब तिनीहरूले योनालाई भने, “कृपागरी, हामीमाथि आइपरेको यस खराबीको कारण को हो, हामीलाई बताऊ । तिमी के काम गर्छौ, र तिमी कहाँबाट आएका हौ? तिम्रो देश कुन हो, र तिमी कुन मानिसबाट हौ?”
|
|
\v 9 योनाले तिनीहरूलाई जवाफ दिए, “म एक जना हिब्रू हुँ । अनि परमप्रभु स्वर्गका परमेश्वरको भय म मान्छु जसले समुद्र र सुख्खा जमिन बनाउनुभएको छ ।”
|
|
\v 10 त्यसपछि ती मानिसहरू झन् धेरै डराए र योनालाई भने, “तिमीले गरेको यो के हो?” तिनी परमप्रभुको उपस्थितिबाट टाढा भागिरहेका थिए भनी ती मानिसहरूले थाहा पाए, किनभने तिनले उनीहरूलाई त्यसै भनेको थिए ।
|
|
\s5
|
|
\v 11 तब तिनीहरूले योनालाई भने, “तिमीलाई हामी के गरौं, जसले गर्दा समुद्र शान्त होस्?” किनकि समुद्र झन्-झन् धेरै प्रचण्ड हुँदै थियो ।
|
|
\v 12 योनाले तिनीहरूलाई भने, “मलाई उठाओ र समुद्रमा मलाई फालिदेओ । त्यसपछि तिमीहरूका निम्ति यो समुद्र शान्त हुनेछ, किनकि मेरै कारणले गर्दा तिमीहरूमाथि यो ठुलो आँधी चल्दैछ भनी म जान्दछु ।”
|
|
\v 13 तापनि, ती मानिसहरूले जहाजलाई जमिनमा लानलाई सकसपुर्वक खियाए, तर तिनीहरूले त्यसो गर्न सकेनन्, किनकि तिनीहरूको विरुद्ध समुद्र झन्-झन् धेरै प्रचण्ड हुँदै थियो ।
|
|
\s5
|
|
\v 14 यसकारण तिनीहरूले परमप्रभुलाई पुकारा गरे र यसो भने, “हे परमप्रभु, हामी तपाईंसँग बिन्ती गर्छौं, यस मानिसको प्राणको कारणले हामीलाई नष्ट हुन नदिनुहोस्, र यस मानिसको मृत्युको दोष हामीमाथि नहालिदिनुहोस्, किनभने तपाईं, परमप्रभुलाई जे गर्ने इच्छा भयो, त्यही तपाईंले गर्नुभयो ।”
|
|
\v 15 यसैले तिनीहरूले योनालाई उठाए र तिनलाई समुद्रमा फालिदिए, र समुद्र उथल-पुथल हुन छाड्यो ।
|
|
\v 16 त्यसपछि ती मानिसहरूले परमप्रभुको भय अत्यन्तै माने । तिनीहरूले परमप्रभुलाई बलिदानहरू चढाए र उहाँमा भाकलहरू गरे ।
|
|
\s5
|
|
\v 17 यति बेला योनालाई निल्नको निम्ति परमप्रभुले एउटा ठुलो माछालाई तयार पार्नुभएको थियो, र तिन दिन र तिन रातसम्म योना माछाको पेटमा नै रहे ।
|
|
\s5
|
|
\c 2
|
|
\p
|
|
\v 1 तब योनाले त्यस माछाको पेटबाट आफ्ना परमप्रभु परमेश्वरसँग प्रार्थना गरे ।
|
|
\v 2 तिनले भने, “मेरो सङ्कष्टको बारेमा मैले परमप्रभुलाई पुकारें र उहाँले मलाई जवाज दिनुभयो । चिहानको गर्भबाट मैले सहायताको निम्ति पुकारें! तपाईंले मेरो सोर सुन्नुभयो ।
|
|
\s5
|
|
\v 3 तपाईंले मलाई गहिरा ठाउँहरूमा, समुद्रको अन्तस्करणमा नै फाल्नुभएको थियो, अनि धारहरूले मलाई घेरे, र तपाईंका सबै छालहरू र लहरहरू ममाथि भए ।
|
|
\v 4 मैले भनें, ‘तपाईंको नजरबाट म हटाइएको छु, अझै म फेरि तपाईंको पवित्र मन्दिरतिर आफ्ना आँखा लगाउनेछु ।’
|
|
\s5
|
|
\v 5 पानीले मेरा घाँटीसम्म नै भर्यो । र मेरो सबैतिर समुद्रको गहिराइ थियो, र मेरो टाउकोमा समुद्रका झारहरू बेहेरिए ।
|
|
\v 6 पहाडका फेदहरूमा म तल गएँ, र पृथ्वीले आफ्ना घेराहरूले सदाको निम्ति मलाई थुनिदियो । तापनि हे परमप्रभु, मेरा परमेश्वर, तपाईंले मेरो जीवनलाई खाडलबाट माथि ल्याउनुभयो ।
|
|
\s5
|
|
\v 7 जब मेरो प्राणले मभित्रै मुर्छा खायो, तब मैले परमप्रभुलाई याद गरें, अनि मेरो प्रार्थना तपाईंकहाँ, तपाईंको पवित्र मन्दिरमा आयो ।
|
|
\v 8 तिनीहरूले प्रेमपुर्ण विश्वस्ततालाई प्रेम गर्न छोड्दा, तिनीहरूले बेकारका देवताहरूमाथि ध्यान लगाए ।
|
|
\s5
|
|
\v 9 तर मेरो बारेमा, उच्च सोरले म तपाईंलाई धन्यवादको बलिदान चढाउँछु । मैले गरेको भाकल म पुरा गर्नेछु । मुक्ति परमप्रभुबाट नै आउँछ!”
|
|
\v 10 त्यसपछि परमप्रभुले माछालाई आज्ञा गर्नुभयो, र त्यसले योनालाई सुख्खा जमिनमा उकेलिदियो ।
|
|
\s5
|
|
\c 3
|
|
\p
|
|
\v 1 परमप्रभुको वचन योनाकहाँ दोस्रो पटक यसो भनेर आयो,
|
|
\v 2 “उठ्, र त्यस ठुलो सहर निनवेमा जा र त्यसलाई दिनलाई मैले तँलाई आज्ञा गरेको सन्देश घोषणा गर् ।”
|
|
\v 3 यसैले योना उठे र परमप्रभुको वचनमा आज्ञाकारी भएर निनवेमा गए । त्यस बेला निनवे अत्यन्तै ठुलो सहर थियो । त्यहाँ पुग्न तिन दिनको यात्रा गर्नुपर्थ्यो ।
|
|
\s5
|
|
\v 4 योना सहरभित्र प्रवेश गर्न थाले र एक दिनको यात्रापछि उनले कराए र यसो भने, “अबको चालीस दिनमा निनवे नाश हुनेछ ।”
|
|
\v 5 निनवेका मानिसहरूले परमेश्वरलाई विश्वास गरे र तिनीहरूले उपवासको घोषणा गरे । तिमध्ये ठुलादेखि लिएर सानासम्म सबैले भाङ्ग्रा लगाए ।
|
|
\s5
|
|
\v 6 त्यो खबर चाँडै नै निनवेका राजाकहाँ पुग्यो । तिनी आफ्ना सिंहासनबाट उठे, आफ्नो वस्त्र उतारे, आफूलाई भाङ्ग्रा ढाके, र खरानीमा बसे ।
|
|
\v 7 तिनले एउटा यस्तो घोषणाको सन्देश पठाए, “निनवेमा, राजा र भारदारहरूको अधिकारले, कुनै मानिस वा गाईबस्तु वा भेडाबाख्राले कुनै कुरा खानेछैनन् । तिनीहरूले खाना नखाऊन्, न पानी पिऊन् ।
|
|
\s5
|
|
\v 8 तर मानिस र पशु दुबैले भाङ्ग्राले ढाकून्, र तिनीहरूले ठुलो सोरले परमेश्वारमा पुकारा गरून् । हरेक व्यक्ति आफ्ना दुष्ट मार्ग र आफ्ना हातले हिंसात्मक कामबाट फर्कून् ।
|
|
\v 9 कसलाई जान्दछ? परमेश्वर नरम बन्न र आफ्नो मनलाई बद्लन र आफ्नो भयङ्कर क्रोधबाट फर्कन सक्नुहुन्छ, जसले गर्दा हामी नष्ट हुनेछैनौं ।”
|
|
\s5
|
|
\v 10 तिनीहरूले जे गरे त्यो परमेश्वरले देख्नुभयो । यसरी तिनीहरू आफ्ना दुष्ट मार्गहरूबाट फर्के । यसैले परमेश्वरले तिनीहरूलाई दिन्छु भन्नुभएको दण्डको बारेमा उहाँले आफ्नो मन परिवर्तन गर्नुभयो, र उहाँले त्यसो गर्नुभएन ।
|
|
\s5
|
|
\c 4
|
|
\p
|
|
\v 1 तर यो कुराले योनालाई अप्रसन्न बनायो र तिनी धेरै रिसाए ।
|
|
\v 2 यसैले योनाले परमप्रभुसँग प्रार्थना गरे र यसो भने, “हे परमप्रभु, के म आफ्नो देशमा हुँदा मैले यही कुरा भनेको थिइनँ र? यसकारण म तर्शीशमा भागेर जाने प्रयत्न गरें, किनभने मलाई थाहा थियो, कि तपाईं अनुग्रही परमेश्वर हुनुहुन्छ, दयाले पूर्ण, रिसाउनमा ढिलो र प्रतिज्ञामा विश्वसनीय हुनुहुन्छ, र तपाईंले विपत्ति पठाउन रोक्नुहुन्छ ।
|
|
\v 3 यसकारण, अब हे परमप्रभु, तपाईंसँग म बिन्ती गर्छु, मबाट मेरो प्राण लिनुहोस्, किनकि मेरो निम्ति जिउनुभन्दा मर्नु नै असल छ ।”
|
|
\s5
|
|
\v 4 परमप्रभुले भन्नुभयो, “के तँ यति धेरै रिसाउनु ठिक हुन्छ र?”
|
|
\v 5 तब योना त्यस सहरबाट बाहिर गए र सहरको पुर्वपट्टि बसे । त्यहाँ उनले एउटा छाप्रो बनाए र त्यसको छायामा बसे जसले गर्दा त्यो सहरलाई के हुँदोरहेछ भनी तिनले हेर्न सक्थे।
|
|
\s5
|
|
\v 6 परमप्रभु परमेश्वरले एउटा बिरुवा उमार्नुभयो र त्यसलाई योनाको माथि बढाउनुभयो, जसले गर्दा तिनको कष्ट कम गर्न त्यसले तिनको शिरमा छाया प्रदान गरोस् । त्यो बिरुवाको कारणले योना असाध्ये खुशी भए ।
|
|
\v 7 तर अर्को बिहानीको सुर्योदयमा परमप्रभुले एउटा कीरा खटाउनुभयो । त्यो बिरुवालाई त्यसले काटिदियो, र त्यो बिरुवा सुक्यो ।
|
|
\s5
|
|
\v 8 अर्को बिहानी सुर्योदय हुँदा यसो भयो । परमप्रभुले तातो पुर्वी हावा पठाउनुभयो । अनि योनाको टाउकोमाथि टन्टलापुर घाम पर्यो र उनी मुर्छै पर्न लागे । तब योनाले आफू मर्न पाए हुन्थ्यो भनी इच्छा गरे । तिनले आफैलाई भने, “मेरो निम्ति त जिउनुभन्दा मर्नु नै बेस हुन्छ ।”
|
|
\v 9 तब परमप्रभुले योनालाई भन्नुभयो, “के तँ यो बिरुवाको निम्ति धेरै रिसाउनु ठिक हुन्छ र?” तब योनाले भने, “म मरुन्जेलसम्म पनि रिसाउन ठिक हुन्छ ।”
|
|
\s5
|
|
\v 10 परमप्रभुले भन्नुभयो, “तैंले मेहनत नै नगरेको, र तैंले नहुर्काएको बिरुवाको तँलाई यति धेरै माया लाग्यो । त्यो एक रातमै बढ्यो र एक रातमै मर्यो ।
|
|
\v 11 यसैले मेरो बारेमा, क मैले त्यो ठुलो सहर निनवेलाई दया नदेखाउनू, जसमा एक लाख बिस हजारभन्दा धेरै मानिसहरू बस्छन्, जसलाई आफ्नो दाहिने र देब्रे हात बिचको भिन्नता थाहा छैन, र धेरै गाई-वस्तुहरू छन्?” |