ne_rom_text_ulb/01/08.txt

1 line
1.0 KiB
Plaintext

\v 8 पहिले, तिमीहरू सबैका निम्ति येशू ख्रीष्‍टद्वारा म परमेश्‍वरलाई धन्यवाद चढाउँछु, किनभने तिमीहरूको विश्‍वास सारा संसारभरि घोषणा गरिएको छ । \v 9 किनकि म तिमीहरूलाई कत्तिको लगातार सम्झन्‍छु भनी परमेश्‍वर मेरो साक्षी हुनुहुन्छ जसलाई म उहाँका पुत्रको सुसमाचारमा मेरो आत्माले सेवा गर्छु । \v 10 परमेश्‍वरको इच्छाद्वारा जसरी भए पनि म तिमीहरूकहाँ आउन सफल हुन सकूँ भनी म सधैं मेरो प्रार्थनामा अनुरोध गर्छु ।