1 line
1.1 KiB
Plaintext
1 line
1.1 KiB
Plaintext
\v 3 किनकि म इच्छा गर्थें, कि मेरा भाइहरू अर्थात् शरीरअनुसार आफ्नै जातिका खातिर म आफैंचाहिं श्रापित होऊँ र ख्रीष्टबाट अलग गरिऊँ । \v 4 तिनीहरू इस्राएलीहरू हुन् । तिनीहरूसँग धर्मपुत्र हुने अधिकार, महिमा, करारहरू, व्यवस्थाको उपहार, परमेश्वरको आराधना र प्रतिज्ञाहरू छन् । \v 5 तिनीहरू ती पुर्खाहरू हुन् जसबाट शरीरअनुसार ख्रीष्ट आउनुभएको छ—उहाँ नै सबैमाथिका परमेश्वर हुनुहुन्छ । सदासर्वदा उहाँको प्रशंसा भइरहोस् । आमेन । |