ne_rom_text_ulb/13/08.txt

1 line
971 B
Plaintext

\v 8 एकले अर्कोलाई प्रेम गर्नुबाहेक कसैको ऋणी नहोऊ । किनकि जसले आफ्नो छिमेकीलाई प्रेम गर्छ, त्यसले व्यवस्था पालना गरेको हुन्छ । \v 9 आज्ञाहरू, “व्यभिचार नगर, हत्या नगर, नचोर, लालच नगर,” र यदि अरू कुनै आज्ञाहरू छन् भने यसलाई यही वाक्यमा सारांश गरिन्छ, “आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर ।” \v 10 प्रेमले छिमेकीलाई हानि गर्दैन । त्यसकारण प्रेम गर्नु नै व्यवस्था पूरा गर्नु हो ।