ne_rom_text_ulb/11/01.txt

1 line
1.3 KiB
Plaintext

\v 1 त्यसो भए म भन्छु, के परमेश्‍वरले आफ्ना मानिसहरूलाई इन्कार गर्नुभयो त ? किनकि म पनि अब्राहामका सन्तान, बेन्यामीन कुलका एक इस्राएली हुँ । \v 2 परमेश्‍वरले अघिबाटै पहिचान गर्नुभएको आफ्नो जातिलाई इन्कार गर्नुभएन । एलियाको बारेमा धर्मशास्‍त्रले के भन्छ अर्थात् तिनले इस्राएलको बारेमा परमेश्‍वरसँग कसरी बिन्ती गरे भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन ? \v 3 “हे प्रभु, तिनीहरूले तपाईंका अगमवक्‍ताहरूलाई मारेका छन्, तिनीहरूले तपाईंका वेदीहरूलाई भत्काएका छन् । म मात्र छोडिएको छु, र तिनीहरूले मेरो पनि ज्यान लिन खोजी गरिरहेका छन् ।”