ne_rom_text_ulb/09/10.txt

1 line
1.0 KiB
Plaintext

\v 10 यति मात्र होइन, तर रिबेका पनि एक जना व्यक्‍ति अर्थात् हाम्रा पिता इसहाकबाट गर्भवती भएपछि– \v 11 किनकि सन्तानहरू अझ जन्मेका थिएनन् र उनीहरूले कुनै असल वा खराब केही गरेका थिएनन्, ताकि परमेश्‍वरको उद्देश्य कर्महरूका कारण होइन, तर बोलाउनुहुनेको कारणले चुनाउअनुसार ठहरियोस् भनेर \v 12 तिनलाई यसो भनियो, “जेठोले कान्छोको सेवा गर्नेछ ।” \v 13 जस्तो लेखिएको थियो, “मैले याकूबलाई प्रेम गरेँ, तर एसावलाई घृणा गरेँ ।”