ne_rom_text_ulb/14/05.txt

1 line
1003 B
Plaintext

\v 5 एक जनाले कुनै दिनलाई अर्कोभन्दा मूल्यको मान्छ । अर्कोले हरेक दिनलाई समान रूपमा लिन्छ । प्रत्‍येक व्यक्ति आ-आफ्नै मनमा विश्‍वस्त होस् । \v 6 जसले कुनै दिन पालन गर्छ, त्यसले प्रभुकै निम्ति पालन गर्छ, र जसले खान्छ, त्यसले प्रभुकै निम्ति खान्छ, किनकि त्यसले परमेश्‍वरलाई धन्यवाद दिन्छ । जसले खाँदैन, त्यसले प्रभुकै निम्ति खानबाट आफूलाई रोक्‍छ; त्यसले पनि परमेश्‍वरलाई धन्यवाद दिन्छ ।