\v 23 अनि त्यसरी नै, यदि तिनीहरू आफ्ना अविश्‍वासमा लागिरहँदैनन् भने तिनीहरू पुनः कलमी बाँधिनेछन् । किनकि परमेश्‍वरले तिनीहरूलाई फेरि कलमी बाँध्‍न सक्नुहुन्छ । \v 24 किनकि यदि तिमीहरू स्वभावैले जङ्गली जैतूनको रूख भएर पनि काटियौ, र त्यस स्वभाव विपरीत असल जैतून रूखमा कलमी बाँधियौ भने, यी प्राकृतिक हाँगाहरू आफ्नै जैतूनको रूखमा कति धेरै कलमी बाँधिनेछन्?