\v 13 तिनीहरूको घाँटी खुल्ला चिहान हो । तिनीहरूका जिब्राले छल गरेका छन् । तिनीहरूका ओठहरूमा सर्पको विष छ । \v 14 तिनीहरूका मुख श्राप र तिक्‍तताले भरिएका छन् ।