\v 28 हामी जान्दछौँ, कि परमेश्‍वरलाई प्रेम गर्नेहरू र उहाँको उद्देश्यअनुसार बोलाइएकाहरूका निम्ति उहाँले सबै थोकमा एकसाथ भलाइको निम्ति काम गर्नुहुन्छ । \f+ \ft केही ग्रीक प्रतिलिपिहरूमा \fqa उहाँले सबै थोकमा एकसाथ भलाइको निम्ति काम गर्नुहुन्छ \fqa* को सट्टामा \fqa सबै थोकले एकसाथ भलाइको निम्ति काम गर्छन् \fqa* छ \f* \v 29 किनभने जसलाई उहाँले पहिलेदेखि नै जान्‍नुहुन्थ्यो, उहाँले तिनीहरूलाई आफ्नो पुत्रको स्वरूप समान हुन पहिले नै नियुक्‍ति पनि गर्नुभयो ताकि उहाँ धेरै भाइहरूमध्ये ज्येष्‍ठ होऊन् । \v 30 जसलाई उहाँले पहिले नै नियुक्‍ति गर्नुभयो, तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो । जसलाई उहाँले बोलाउनुभयो, तिनीहरूलाई धर्मी पनि ठहर्‍याउनुभयो । जसलाई उहाँले धर्मी ठर्‍याउनुभयो, तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो ।