\v 4 त्यसैले मेरा भाइहरू हो, तिमीहरू पनि ख्रीष्‍टको शरीरद्वारा व्यवस्थाको निम्ति मरेका थियौ । ताकि हामीले परमेश्‍वरको निम्ति फल फलाउन सकौं भनेर तिमीहरू अर्कोसँग अर्थात् मृतकहरूबाट जीवित पारिनुभएकासँग एक हुन सकोस् । \v 5 किनकि जब हामी शरीरमा थियौं, व्यवस्थाद्वारा सक्रिय गराइएका पापमय स्वभावहरू, मृत्युको निम्ति फल फलाउन हाम्रा शरीरका अङ्गहरूमा काम गर्थे ।