\v 14 किनकि जति परमेश्‍वरका आत्माद्वारा डोर्‍याइएका छन्, तिनीहरू नै परमेश्‍वरका छोराछोरीहरू हुन् । \v 15 किनकि तिमीहरूले डरको लागि दासत्वको आत्मा पाएका छैनौ । बरु, तिमीहरूले धर्मपुत्रको आत्मा पाएका छौ जसद्वारा हामी “अब्बा, पिता !” भनी पुकार्छौं ।