\v 24 त्यसकारण परमेश्‍वरले तिनीहरूलाई अशुद्धताको निम्ति, तिनीहरूका शरीर एकआपसमा अनादर होस् भन्‍नको निम्ति तिनीहरूका हृदयका कामबासनामा नै छाडिदिनुभयो । \v 25 यी तिनीहरू नै हुन् जसले परमेश्‍वरको सत्यतालाई झुटसँग साटे, र सदासर्वदा प्रशंसनीय सृष्‍टिकर्ताको सट्टा सृष्‍टिको पूजा र सेवा गरे । आमेन ।