Tue Oct 18 2022 10:17:24 GMT+0545 (Nepal Time)
This commit is contained in:
commit
5f842bb891
|
@ -0,0 +1 @@
|
|||
\v 1 प्रेरित हुनको निम्ति बोलाइएका र सुसमाचारको कामको निम्ति अलग गरिएका, येशू ख्रीष्टका दास पावल । \v 2 उहाँले आफ्ना अगमवक्ताहरूद्वारा पहिले नै पवित्र धर्मशास्त्रमा प्रतिज्ञा गर्नुभएको सुसमाचार यही हो । \v 3 यो शरीरअनुसार दाऊदको वंशबाट जन्मनुभएका उहाँका पुत्रको बारेमा हो ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 4 मृतकहरूबाट पुनरुत्थान हुनुभएर उहाँलाई पवित्रताको आत्माद्वारा शक्तिशाली परमेश्वरका पुत्र हुन घोषणा गरिनुभएका उहाँ हाम्रा प्रभु येशू ख्रीष्ट हुनुहुन्छ । \v 5 उहाँको नाउँको खातिर सबै जातिमाझ विश्वासको आज्ञाकारिताको निम्ति हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको सेवा पाएका छौँ । \v 6 यी जातिहरूमध्ये तिमीहरू पनि येशू ख्रीष्टका हुन बोलाइएका छौ ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 7 यो पत्र रोममा भएका सबैका निम्ति हो, अर्थात् परमेश्वरका प्रियहरू जो पवित्र जाति हुन बोलाइएका छौ । हाम्रा परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रह र शान्ति तिमीहरूमा रहोस् ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 8 पहिले, तिमीहरू सबैका निम्ति येशू ख्रीष्टद्वारा म परमेश्वरलाई धन्यवाद चढाउँछु, किनकि तिमीहरूको विश्वास सारा संसारभरि घोषणा गरिएको छ । \v 9 किनकि म तिमीहरूको नाउँ कत्तिको लिइरहन्छु भनी परमेश्वर मेरो साक्षी हुनुहुन्छ । उहाँका पुत्रको सुसमाचारमा म मेरो आत्माले (जोसका साथ) उहाँको सेवा गर्छु । \v 10 परमेश्वरको इच्छाद्वारा जसरी भए पनि म तिमीहरूकहाँ आउन सफल हुन सकूँ भनी म सधैँ मेरो प्रार्थनामा अनुरोध गर्छु ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 11 म तिमीहरूलाई भेट्ने इच्छा गर्छु, ताकि तिमीहरूलाई बलियो बनाउनको लागि म तिमीहरूलाई केही आत्मिक वरदानहरू दिन सकूँ । \v 12 अर्थात् तिमीहरू र मेरो एक-अर्काका विश्वासद्वारा म पारस्परिक रूपमा प्रोत्साहित हुने उत्कट इच्छा गर्छु ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 13 मैले प्रायः तिमीहरूकहाँ आउने इच्छा गरेँ भन्ने कुरामा तिमीहरू अनभिज्ञ होऊ भन्ने म चाहन्नँ, तर मलाई अहिलेसम्म रोकिएको छ । मैले बाँकी गैरयहूदीहरूका माझमा झैँ तिमीहरूका माझमा पनि केही फल पाउनको लागि यो चाहेको हुँ । \v 14 म यहूदीहरू र विदेशीहरू, बुद्धिमान्हरू र मूर्खहरू दुवैप्रति ऋणी छु । \v 15 त्यसैले, मेरो हकमा म तिमीहरू रोममा हुनेहरूलाई पनि सुसमाचार घोषणा गर्न तयार छु ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 16 म सुसमाचारको निम्ति शर्माउँदिनँ, किनकि यो विश्वास गर्ने सबैको निम्ति परमेश्वरको मुक्तिको शक्ति हो, पहिलो यहूदी र त्यसपछि ग्रिकहरूका निम्ति । \v 17 किनकि यसैमा परमेश्वरको धार्मिकता विश्वासबाट विश्वासमा प्रकट गरिएको छ, जस्तो लेखिएको छ “धर्मीहरू विश्वासद्वारा नै जिउनेछन् ।”
|
|
@ -0,0 +1 @@
|
|||
\v 18 किनभने सबै भक्तिहीनता र मानिसहरूको अधार्मिक्ता विरुद्ध परमेश्वरको क्रोध स्वर्गबाट प्रकट भएको छ जसले भक्तिहीनताद्वारा सत्यतालाई रोकेको छ । \v 19 यो परमेश्वरबारे अज्ञात भएको कुरा तिनीहरूलाई दृश्य भएको हुनाले हो । किनभने परमेश्वरले तिनीहरूलाई प्रकाश दिनुभएको छ ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 20 किनकि संसारको उत्पत्तिदेखि उहाँका अदृश्य पक्षहरू स्पष्ट रूपमा दृश्य भएका छन् । ती सृजिएका थोकहरूद्वारा बुझिएका छन् । यी पक्षहरू उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभावहरू हुन् । परिणामस्वरूप, यी मानिसहरूलाई कुनै बहाना छैन । \v 21 यो तिनीहरूले परमेश्वरलाई चिनेर पनि तिनीहरूले उहाँलाई परमेश्वरको रूपमा महिमा नदिएकाले गर्दा भएको हो । बरु, तिनीहरू आ-आफ्नै विचारमा मूर्ख भए, र तिनीहरूका अचेत हृदयहरू अँध्यारो बनाइए ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 22 तिनीहरूले बुद्धिमान् भएको दाबी गरे, तापनि तिनीहरू मूर्ख नै भए । \v 23 तिनीहरूले अविनाशी परमेश्वरको महिमालाई नाश हुने मानिस, चराचुरुङ्गी, चार खुट्टे जनावरहरू र घस्रने जन्तुहरूको प्रतिमासँग साटे ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 24 त्यसकारण, परमेश्वरले तिनीहरूलाई अशुद्धताको निम्ति अर्थात् तिनीहरूका बिचमा नै तिनीहरूका शरीरको अनादर होस् भनी तिनीहरूका हृदयका कामबासनामा नै छाडिदिनुभयो । \v 25 परमेश्वरको सत्यतालाई झुटसँग साट्ने र सदासर्वदा प्रशंसा गरिनुपर्ने सृष्टिकर्तालाई आराधना गर्नुको सट्टा सृष्टि गरिएका थोकहरूको सेवा गर्ने तिनीहरू नै हुन् । आमेन ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 26 यसैले, परमेश्वरले तिनीहरूलाई लाजमर्दो अभिलाषाहरूमा छाडिदिनुभयो, किनकि तिनीहरूका स्त्रीहरूले प्राकृतिक स्वभावलाई प्रकृति विरुद्धको अस्वाभाविक कार्यहरूसँग साटे । \v 27 त्यसै गरी, पुरुषहरूले पनि स्त्रीहरूसँगको स्वाभाविक कार्यलाई छोडे, र एक-अर्काप्रतिको कामुकताले जले । पुरुषहरूसँग अश्लील कार्य गर्ने र तिनीहरूका भ्रष्टताअनुसारको दण्ड पाउने पुरुषहरू यिनीहरू नै थिए ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 28 तिनीहरूको सजगतामा पनि तिनीहरूले परमेश्वर हुनुभएकोमा सहमत नभएका हुनाले उहाँले तिनीहरूलाई तिनीहरूका निम्ति अनुचित कुरा गर्नलाई भ्रष्ट मनमा छोडिदिनुभयो ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 29 तिनीहरू अधार्मिकता, दुष्टता, लालच, र द्वेषले भरिएका छन् । तिनीहरू ईर्ष्या, हत्या, कलह, छल र दुष्ट विचारले पूर्ण छन् । \v 30 तिनीहरू कुरौटे, निन्दा गर्ने, र परमेश्वरलाई घृणा गर्नेहरू हुन् । तिनीहरू हिंस्रक, घमण्डी र अहङ्कारी छन् । तिनीहरू दुष्ट थोकहरूका आविष्कारकहरू हुन् र आफ्ना आमाबुबाप्रति अनाज्ञाकारी भएका छन् । \v 31 तिनीहरूमा समझ छैन, तिनीहरू अविश्वासयोग्य, स्वाभाविक प्रेमविनाका, र कृपारहित छन् ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 32 यसो गर्नेहरू मृत्युका भागीदार हुन्छन् भन्ने परमेश्वरको नियमलाई तिनीहरू जान्दछन् । तर तिनीहरू यी थोकहरू गर्ने मात्र होइनन्, तिनीहरू यसो गर्नेहरूसँग सहमत पनि हुन्छन् ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 1 यसकारण, तिमीहरूलाई कुनै बहाना छैन । ए मानिस, तिमी जसले न्याय गर्छौ र तिमी अर्कालाई जेको निम्ति दोष लगाउँछौ तिमी आफैँ पनि त्यसैमा दोषी ठहराइन्छौ । किनकि तिमी न्याय गर्नेले पनि त्यही कुराहरू गर्छौ । \v 2 तर यस्ता कुराहरू गर्नेहरूमाथि परमेश्वरको न्याय हुँदा सत्यताअनुसार हुन्छ भनी हामी जान्दछौँ ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 3 तर ए मानिस, यसलाई विचार गर कि तिमी आफैँले पनि त्यही गर्छौ यद्यपि तिमीले यी कुराहरू गर्नेहरूको न्याय गर्छौ । के तिमी परमेश्वरको इन्साफबाट उम्कनेछौ र ? \v 4 अथवा के तिमी उहाँको कृपाको प्रशस्तता, उहाँको दण्डको ढिलाइ र उहाँको धैर्यलाई तुच्छ ठन्छौ ? के उहाँको भलाइ तिमीहरूलाई पश्चात्तापमा डोर्याउनलाई हो भन्ने तिमीहरू जान्दैनौ ?
|
|
@ -0,0 +1 @@
|
|||
\v 5 तर तिमीहरूको कठोर र अपश्चात्तापी हृदयको कारण तिमीहरूले क्रोधको दिन अर्थात् परमेश्वरको धार्मिक न्याय प्रकट हुने दिनको निम्ति क्रोध थुपारिरहेका छौ । \v 6 परमेश्वरले हरेकलाई त्यसको आफ्ना कर्महरूको नापअनुसार दिनुहुनेछः \v 7 अटुट रूपमा सुकर्म गर्दै प्रशंसा, इज्जत र अमरत्वको खोजी गर्नेलाई उहाँले अनन्त जीवन दिनुहुनेछ ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 8 तर आफ्नै मात्र भलाइ खोज्ने, सत्यताको अवज्ञा गर्ने तर अधार्मिकताप्रति आज्ञाकारी हुनेहरूमाथि क्रोध र भयङ्कर रिस आइपर्नेछ । \v 9 परमेश्वरले दुष्ट कार्य गर्ने हरेक मानव प्राणमाथि सङ्कट र दुःख ल्याउनुहुनेछ, पहिले यहूदीमाथि अनि ग्रिकहरूमाथि ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 10 तर असल काम गर्नेहरूमाथि प्रशंसा, इज्जत र शान्ति आउनेछ, पहिले यहूदी र त्यसपछि ग्रिकहरूमाथि । \v 11 किनकि परमेश्वरले पक्षपात गर्नुहुन्न । \v 12 किनकि जतिले व्यवस्थाविना पाप गरेका छन्, तिनीहरू व्यवस्थाविना नै नष्ट हुनेछन् र जतिले व्यवस्थाप्रति पाप गरेका छन्, तिनीहरू व्यवस्थाद्वारा नै न्याय गरिनेछन् ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 13 किनकि परमेश्वरको सामु धर्मी ठहरिनेहरू व्यवस्था सुन्नेहरू होइनन्, तर व्यवस्था पालन गर्नेहरू नै धर्मी ठहरिनेछन् । \v 14 किनकि गैरयहूदीहरू जससँग व्यवस्था छैन, तिनीहरूले स्वभावद्वारा नै व्यवस्थाका कुराहरू गर्छन् । तिनीहरू आफ्ना निम्ति आफैँ नै व्यवस्था हुन्, यद्यपि तिनीहरूसँग व्यवस्था छैन ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 15 यसैद्वारा व्यवस्थाले चाहेका कुराहरू तिनीहरूका हृदयमा लेखिएका छन् भन्ने देखाउँछ । तिनीहरूको विवेकले पनि तिनीहरूलाई गवाही दिन्छ र तिनीहरूका आफ्नै विचारले कि तिनीहरू आफैँलाई दोष दिन्छ कि प्रतिरक्षा गर्छ । \v 16 अनि परमेश्वरप्रति पनि यही कुरो लागु हुन्छ । त्यो मेरो सुसमाचारअनुसार येशू ख्रीष्टद्वारा परमेश्वरले सबै मानिसहरूको गोप्य कुराहरूको इन्साफ गर्नुहुने दिन हुनेछ ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 17 मानौँ, व्यवस्थामाथि भर परेर तिमी आफैँलाई यहूदी भन्छौ, परमेश्वरमा गर्वका साथ रमाउँछौ, \v 18 उहाँको इच्छा जान्दछौ र व्यवस्थाका शिक्षा पाएर त्यसबाट फरक भएका कुराहरूको जाँच गर्दछौ । \v 19 मानौँ, कि तिमी आफैँ अन्धाहरूका अगुवा हौ, र अन्धकारमा हुनेहरूका निम्ति ज्योति हौ, \v 20 मूर्खलाई सुधार गर्ने, शिशुहरूका शिक्षक हौ, अनि तिमीसँग ज्ञान र सत्यताको स्वरूप व्यवस्थामा छ ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 21 अनि तिमी जसले अरूलाई सिकाउँछौ, के तिमी आफैलाई चाहिँ सिकाउँदैनौ ? तिमी जसले चोरी नगर्नू भनी सिकाउँछौ, के तिमी नै चोरी गर्छौ ? \v 22 तिमी जसले व्यभिचार नगर्नू भन्छौ, के तिमीले नै व्यभिचार गर्छौ ? तिमी जसले मूर्तिहरूलाई घृणा गर्छौ, के तिमी मन्दिरहरू लुट्छौ ?
|
|
@ -0,0 +1 @@
|
|||
\v 23 तिमी जो परमेश्वरको व्यवस्थामा गर्वका साथ रमाउँछौ, के तिमीले व्यवस्था उल्लङ्घन गरेर परमेश्वरको अपमान गर्छौ ? \v 24 किनकि जसो लेखिएको छ, “तिमीहरूले गर्दा गैरयहूदीहरूका माझमा परमेश्वरको नाउँको अनादर भएको छ ।”
|
|
@ -0,0 +1 @@
|
|||
\v 25 यदि तिमीहरूले व्यवस्था पालन गर्छौ भने वास्तवमा खतनाले तिमीहरूलाई लाभ दिन्छ, तर यदि तिमीहरू व्यवस्था भङ्ग गर्नेहरू हौ भने, तिमीहरूको खतना बेखतना हुन्छ । \v 26 यदि बेखतने व्यक्तिले व्यवस्थाले माग गरेका कुराहरूलाई पालन गर्छ भने, के त्यसको बेखतना खतना नै ठानिनेछैन र ? \v 27 यदि स्वाभाविक रूपले खतना नभएकाले व्यवस्था पुरा गर्छ भने के त्यसले तिमीलाई दोषी ठहराउँदैन र ? तिमीहरूसँग लिखित धर्मशास्त्र र खतना भएको भए तापनि तिमीहरूले व्यवस्था उल्लङ्घन गर्ने भएकाले यसो भएको हो ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 28 किनकि त्यो यहूदी होइन जो बाहिरी रूपले मात्र यहूदी हो; न त केवल बाहिरी शरीरको खतना नै खतना हो । \v 29 तर त्यही यहूदी हो जो भित्री रूपमा यहूदी हो र अक्षरमा होइन तर आत्माद्वारा हृदयको खतना नै खतना हो । यस्तो व्यक्तिको प्रशंसा मानिसबाट होइन, तर परमेश्वरबाट आउँछ ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 1 त्यसो भए यहूदीलाई के फाइदा छ त ? अनि खतनाको के फाइदा छ त ? \v 2 यो हरतरहले महान् छ । सर्वप्रथम त परमेश्वरको प्रकाश यहूदीलाई सुम्पिएको थियो ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 3 किनकि केही यहूदीहरू विनाविश्वासका भए भन्दैमा के भयो त ? के तिनीहरूको अविश्वासले परमेश्वरको विश्वासयोग्यतालाई अमान्य तुल्याउँछ र ? \v 4 कहिल्यै यस्तो नहोस् । यसको सट्टा, सबै मानिस झुटा ठहरिए तापनि परमेश्वर नै सत्य भेट्टाइनुभएको होस् । यस्तो लेखिएको छ, “तपाईंलाई आफ्ना वचनहरूमा धर्मी देखाइयोस्, अनि न्यायको दिनमा आउनुहुँदा तपाईं विजय हुनसक्नुभएको होस् ।”
|
|
@ -0,0 +1 @@
|
|||
\v 5 तर यदि हाम्रो अधार्मिकताले परमेश्वरको धार्मिकतालाई देखाउँछ भने हामी के भन्न सक्छौ र ? परमेश्वरले उहाँको क्रोध प्रकट गर्नुहुँदा उहाँ अधर्मी ठहरिनुहुन्न, के अधर्मी ठहरिनुहुन्छ त ? म मानवीय तर्कअनुसार बोलिरहेको छु । \v 6 कहिल्यै यस्तो नहोस् ! किनकि त्यसो भए त परमेश्वरले कसरी संसारको न्याय गर्नुहुन्छ ?
|
|
@ -0,0 +1 @@
|
|||
\v 7 तर यदि मेरो झुटद्वारा परमेश्वरको सत्यताले उहाँको निम्ति प्रशस्त प्रशंसा प्रदान गर्छ भने मलाई अझ पनि किन पापीको रूपमा न्याय गरिन्छ त ? \v 8 किन नभनौँ, जसरी हामीलाई झुटो रूपमा आरोप लगाइन्छ, र केहीले पुष्टि गर्छन्, कि हामी भन्छौँ, “दुष्ट काम गरौँ, ताकि असल आओस् ।” तिनीहरूमाथिको न्याय उचित छ ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 9 त्यसो भए के त ? के हामी आफैँले आफ्नो सफाइ दिँदै छौँ ? त्यसो नहोस् ! किनकि यहूदीहरू र ग्रिकहरू सबै पापको अधीनमा थिए भनी हामीले पहिले नै दोष लगाइसकेका छौँ । \v 10 यस्तो लेखिएको छ, “धर्मी कोही छैन, एक जना पनि छैन ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 11 बुझ्ने कोही पनि छैन । परमेश्वरलाई खोज्ने कोही पनि छैन । \v 12 तिनीहरू सबै तर्केर गएका छन् । तिनीहरू सबै जना एकैसाथ अनुपयोगी भएका छन् । असल गर्ने कोही पनि छैन, अहँ, एक जना पनि छैन ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 13 तिनीहरूको घाँटी खुल्ला चिहान हो । तिनीहरूका जिब्राले छल गरेका छन् । तिनीहरूका ओठहरूमा सर्पको विष छ । \v 14 तिनीहरूका मुख श्राप र तिक्तताले भरिएका छन् ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 15 तिनीहरूका खुट्टा रगत बगाउनमा द्रूत छन् । \v 16 विनाश र कष्ट तिनीहरूका मार्गहरूमा छन् । \v 17 यी मानिसहरूले शान्तिको मार्ग जानेका छैनन् । \v 18 तिनीहरूका आँखाको सामुन्ने परमेश्वरको डर छैन ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 19 अब हामी जान्दछौँ, कि व्यवस्थाले जे भन्दछ त्यो व्यवस्थाको अधीनमा बस्नेहरू कै लागि भन्छ । यो हरेक मुख बन्द होस् भन्नाका लागि हो, ताकि सारा संसार परमेश्वरप्रति जवाफदेही हुन सकून् । \v 20 उहाँको दृष्टिमा व्यवस्थाका कामहरूद्वारा कुनै पनि मानिस धर्मी नठहरिने हुनाले यसो भएको हो । किनकि व्यवस्थाद्वारा नै पापको ज्ञान आउँछ ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 21 तर अब व्यवस्थाविना नै परमेश्वरको धर्मीकता प्रकट गरिएको छ । यसलाई व्यवस्था र अगमवक्ताहरूद्वारा साक्षी दिइएको छ, \v 22 अर्थात् यो विश्वास गर्ने सबैका निम्ति येशू ख्रीष्टमा विश्वासद्वारा आउने परमेश्वरको धार्मिकता हो । किनकि त्यहाँ कुनै भेदभाव छैन ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 23 किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्न चुकेका छन् । \v 24 ख्रीष्टमा भएको छुटकाराद्वारा तिनीहरू सित्तैँमा धर्मी ठहराइन्छन् ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 25 किनकि परमेश्वरले येशू ख्रीष्टको रगतमा विश्वासद्वारा प्रायश्चित्तको रूपमा उहाँलाई अर्पण गर्नुभयो । उहाँको धैर्यमा विगतका पापको बेवास्ता गर्नुभएकोले उहाँले ख्रीष्टलाई उहाँको न्यायको प्रमाणको रूपमा अर्पण गर्नुभयो । \v 26 यी सबै कुरा वर्तमान समयमा उहाँको धार्मिकता प्रदर्शन गर्नका निम्ति भएका थिए । उहाँ आफैँलाई न्यायी प्रमाणित गर्न सक्नुभएको होस् र उहाँले येशूमाथिको विश्वासले कुनैलाई पनि धर्मी ठहराउनुहुन्छ भन्ने देखाउन यसो भयो ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 27 घमण्ड कहाँ गर्ने ? यो त हटाइएको छ । केको आधारमा ? कामहरूको आधारमा ? होइन, तर विश्वासको आधारमा हो । \v 28 तब हामी निचोडमा आउँछौँ, कि कुनै पनि व्यक्ति व्यवस्थाका कामहरूविना नै विश्वासद्वारा धर्मी ठहरिन्छ ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 29 अथवा के परमेश्वर यहूदीहरूका मात्रै परमेश्वर हुनुहुन्छ त ? के उहाँ गैरयहूदीहरूका परमेश्वर हुनुहुन्न र ? हो, उहाँ गैरयहूदीहरूका पनि परमेश्वर हुनुहुन्छ । \v 30 यदि वास्तवमै परमेश्वर एक हुनुहुन्छ भने उहाँले खतना भएकाहरूलाई विश्वासद्वारा धर्मी ठहराउनुहुन्छ, र खतना नभएकाहरूलाई पनि विश्वासद्वारा नै धर्मी ठहराउनुहुन्छ ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 31 के हामीले विश्वासद्वारा व्यवस्थालाई रद्द गर्छौं त ? कहिल्यै यस्तो नहोस् ! बरु, हामीले व्यवस्थालाई कायम पो राख्छौँ ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 1 तब हामी के भनौँ त ? हाम्रा पुर्खा अब्राहामले शरीरअनुसार के पाए त ? \v 2 यदि अब्राहाम कामद्वारा धर्मी ठहरिएका भए, उनले घमण्ड गर्ने कारण हुन्थ्यो, तर परमेश्वरको सामु त होइन । \v 3 किनकि धर्मशास्त्रले के भन्छ ? “अब्राहामले परमेश्वरमा विश्वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो ।”
|
|
@ -0,0 +1 @@
|
|||
\v 4 अब जसले काम गर्छ, त्यसको ज्यालालाई अनुग्रहको रूपमा गनिँदैन, तर पाउनुपर्ने कुराको रूपमा गनिन्छ । \v 5 तर त्यसको निम्ति जसले काम गर्दैन, तर त्यसको सट्टा अधर्मीलाई धर्मी ठहराउनुहुनेमा विश्वास गर्छ, त्यसको विश्वासलाई धार्मिकताको रूपमा गनिन्छ ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 6 दाऊदले पनि कामविना नै परमेश्वरले धार्मिकता गान्नुभएको मानिसलाई आशिष् घोषणा गर्छन् । \v 7 उनले भने, “ती धन्य हुन्, जसका अधर्महरू क्षमा भएका छन् र जसका पापहरू ढाकिएका छन् ।” \v 8 त्यो मानिस धन्यको हो, जसको विरुद्धमा परमेश्वरले पापको लेखा राख्नुहुन्न ।”
|
|
@ -0,0 +1 @@
|
|||
\v 9 तब के यो आशिष् केवल ती खतना भएकाहरूका लागि मात्रै भनिएको हो वा ती खतना नगरिएकाहरूका लागि पनि भनिएको हो ? किनकि हामी भन्छौँ, “अब्राहामको निम्ति विश्वास धार्मिकताको रूपमा गनियो ।” \v 10 त्यसो हो भने, यो कसरी गनियो त ? अब्राहाम खतनामा हुँदा वा बेखतना हुँदा ? यो खतनामा हुँदा भएको थिएन, तर बेखतनामा हुँदा भएको थियो ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 11 अब्राहामले खतनाको चिन्ह पाए । यो विश्वासको धार्मिकताको छाप थियो, जुन उनी बेखतनाको हुँदा नै पाइसकेका थिए । यो चिन्हको परिणामचाहिँ तिनीहरू बेखतनामै भए तापनि उनी विश्वास गर्ने सबैका पिता भए । यसको मतलब यो हो, कि त्यो धार्मिकता तिनीहरूको निम्ति धार्मिकता गनिनेछ । \v 12 यसको अर्थ यो हो, कि अब्राहाम खतनाबाट आएकाहरूका निम्ति मात्र होइन, तर हाम्रा पिता अब्राहामको कदम पछ्याउनेहरूका निम्ति पनि पिता भए । र उनी बेखतनामा हुँदा नै उनीसँग विश्वास थियो ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 13 किनकि अब्राहाम र उनका सन्तानहरूलाई दिइएको प्रतिज्ञा अर्थात् तिनीहरू संसारको उत्तराधिकार हुने प्रतिज्ञा व्यवस्थाद्वारा दिइएको थिएन । बरु, यो विश्वासको धार्मिकताद्वारा थियो । \v 14 किनकि यदि ती व्यवस्थाकाहरू उत्तराधिकारीहरू हुन् भने विश्वासीलाई त रित्तो बनाइयो र प्रतिज्ञालाई रद्द गरियो । \v 15 किनकि व्यवस्थाले क्रोध ल्याउँछ, तर जहाँ व्यवस्था छैन त्यहाँ अनाज्ञाकारिता हुँदैन ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 16 यसैले, यो विश्वासद्वारा हुन्छ, ताकि त्यो अनुग्रहद्वारा हुन सकोस् । परिणामस्वरूप, प्रतिज्ञा सारा सन्तानहरूका निम्ति निश्चित छ । अनि यी सन्तानहरूले केवल व्यवस्था जान्नेहरूलाई मात्र होइन, तर ती अब्राहामको विश्वासबाट आएकाहरूलाई पनि समेट्छन् । किनकि उनी हामी सबैका पिता हुन् । \v 17 जस्तो लेखिएको छ, “मैले तिमीलाई धेरै जातिहरूका पिता बनाएको छु ।” अब्राहाम आफूले भरोसा गरेका परमेश्वरको उपस्थितिमा थिए, जसले मरेकालाई जीवन दिनुहुन्छ र अस्तित्वमा नभएका थोकहरूलाई अस्तित्वमा ल्याउन सक्नुहुन्छ ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 18 यी सारा बाहिरी परिस्थितिहरूका बाबजुद पनि भविष्यको निम्ति अब्राहामले परमेश्वरमा दृढतासाथ भरोसा गरे । त्यसैले, उनी “तेरा सन्तानहरू यस्तै हुनेछन्” भनिएअनुसार धेरै जातिहरूका पिता बने । \v 19 उनी विश्वासमा कमजोर थिएनन् । अब्राहामले बुझे, कि उनको शरीर बालक जन्माउन समर्थ थिएन (किनकि उनी करिब एक सय वर्ष पुगेका थिए) । साराको कोख पनि बालक पैदा गर्न समर्थ थिएन भन्ने पनि उनले स्वीकार गरे ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 20 तर परमेश्वरको प्रतिज्ञाका कारण, अब्राहाम अविश्वासमा रोकिएनन् । बरु, उनलाई विश्वासमा बलियो बनाइयो र उनले परमेश्वरको प्रशंसा गरे । \v 21 परमेश्वरले जे कुरा प्रतिज्ञा गर्नुभएको थियो, त्यो उहाँ पुरा गर्न सक्षम पनि हुनुहुन्थ्यो भनी उनी पूर्ण रूपमा विश्वस्त थिए । \v 22 त्यसकारण, यो उनको निम्ति धार्मिकता गनियो ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 23 अब यो केवल उनको भलाइको निम्ति गनिएको थिएन । \v 24 यो हाम्रो निम्ति पनि लेखिएको थियो, जसको निम्ति यो गनिनेछ, हामी जसले हाम्रा येशू प्रभुलाई मृत्युबाट जीवित पार्नुहुनेमा विश्वास गर्छौं । \v 25 यो उहाँ नै हुनुहुन्छ जसलाई हाम्रा अपराधका लागि सुम्पिएको थियो, र हामीलाई धर्मी ठहराउन जीवित पारिएको थियो ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 1 हामी विश्वासद्वारा धर्मी ठहरिने हुनाले हाम्रा प्रभु येशू ख्रीष्टद्वारा हामी परमेश्वरसँग शान्तिमा छौँ । \v 2 हामीले उहाँप्रतिको विश्वासद्वारा यो अनुग्रहमा प्रवेश पाएका छौँ जसमा हामी खडा छौँ । हामी परमेश्वरले हामीलाई भविष्यको निम्ति दिनुहुने दृढता अर्थात् हामी परमेश्वरको महिमामा सहभागी हुनेछौँ भन्ने दृढतामा रमाउँछौँ ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 3 यति मात्र होइन, तर हामी हाम्रो कष्टमा पनि रमाउँछौँ । हामी जान्दछौँ, कि कष्टले सहनशीलता उत्पन्न गराउँछ । \v 4 सहनशीलताले सहमति उत्पन्न गराउँछ र सहमतिले भविष्यको निम्ति भरोसा उत्पन्न गराउँछ । \v 5 यो भरोसाले निराश पार्दैन, किनभने हामीलाई दिइएको पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रो हृदयमा खन्याइएको छ ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 6 किनकि हामी कमजोर हुँदा नै ख्रीष्ट अधर्मीको निम्ति ठिक समयमा मर्नुभयो । \v 7 एक जना धर्मी मानिसको लागि मुस्किलले कोही मर्नेछ । अर्थात् एक जना असल मानिसको लागि सायद कोहीले मर्ने साहस गर्थ्यो ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 8 तर परमेश्वरले हामीप्रति उहाँको आफ्नो प्रेम प्रमाणित गर्नुहुन्छ, किनकि हामी पापी हुँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो । \v 9 अहिले हामी उहाँको रगतद्वारा अझ धेरै धर्मी ठहराइएका छौँ, अनि हामी उहाँको क्रोधबाट बचाइनेछौँ ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 10 हामी शत्रु हुँदा नै हामीलाई उहाँका पुत्रको मृत्युद्वारा परमेश्वरसँग मिलाप गराइयो; मिलाप भएपछि उहाँको जीवनद्वारा हामी अझ धेरै बचाइनेछौँ । \v 11 यति मात्र होइन, तर हामी हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरमा रमाउँछौँ, जसद्वारा हामीले यो मिलाप प्राप्त गरेका छौँ ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 12 यसकारण, एक जना मानिसद्वारा संसारमा पाप प्रवेश गर्यो, यसरी पापद्वारा मृत्यु प्रवेश गर्यो । अनि मृत्यु सबै मानिसमा फैलियो, किनभने सबैले पाप गरे । \v 13 किनकि व्यवस्था नहुँदा पनि संसारमा पाप थियो, तर व्यवस्था नहुँदा पापको निम्ति कुनै लेखा हुँदैन ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 14 तथापि, मृत्युले आदमदेखि मोशासम्म र आदमले झैँ अनाज्ञाकारिताको पाप नगर्नेमाथि पनि राज्य गर्यो जो आउनु पर्थ्यो त्यसको प्रतिरूप थियो । \v 15 तरै पनि यो सित्तैँको वरदान अधर्म जस्तो होइन । एक जनाको अधर्मले धेरै जना मरे, परमेश्वरको अनुग्रहले अझ धेरै गर्यो र एक जना मानिस अर्थात् येशू ख्रीष्टको अनुग्रहद्वारा आउने वरदान धेरैका निम्ति प्रशस्त होस् ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 16 किनकि वरदान एक जनाले पाप गरेको परिणामजस्तो होइन । एकातिर, एक जना मानिसको अपराधले दण्डको न्याय आयो । अर्कोतिर, सित्तैँको वरदान धेरै अपराधपछि धर्मीकरणको परिणाममा आयो । \v 17 एक जनाको अपराधद्वारा अर्थात् एक जनाद्वारा मृत्युले राज्य गर्यो, अनुग्रह र धार्मिकताको वरदानको प्रशस्तता प्राप्त गर्नेले एक जना अर्थात् येशू ख्रीष्टको जीवनद्वारा अझ धेरै राज्य गर्नेछ ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 18 यसरी एउटा अपराधद्वारा सबै मानिस दण्डको भागीदार हुन आए र एउटा धार्मिकताको कामद्वारा सबै मानिसको निम्ति धर्मीकरण आयो । \v 19 जसरी एक जना मानिसको अनाज्ञाकारिताद्वारा धेरै जनालाई पापी बनाइयो, त्यसरी नै एक जनाको आज्ञाकारिताद्वारा धेरै जनालाई धर्मी बनाइनेछ ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 20 तर व्यवस्था आयो ताकि अपराध बढोस् । तर जहाँ पाप बढ्यो, त्यहाँ अनुग्रह पनि झन् बढ्यो । \v 21 ताकि जसरी पापले मृत्युद्वारा राज्य गर्यो, त्यसरी नै अनुग्रहले हाम्रा प्रभु येशू ख्रीष्टद्वारा अनन्त जीवनको निम्ति धार्मिकताद्वारा राज्य गरोस् ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 1 हामी अब के भनौँ त ? के अनुग्रह प्रशस्त होस् भनेर हामीले पाप गरिरहने त ? \v 2 यस्तो कहिल्यै नहोस् । हामी जो पापप्रति मर्यौँ हामी यसमा कसरी जिउने ? \v 3 के जतिलाई ख्रीष्ट येशूमा बप्तिस्मा दिइएका छन् उनीहरूलाई उहाँको मृत्युमा बप्तिस्मा दिइएका छन् भन्ने तिमीहरू जान्दैनौ ?
|
|
@ -0,0 +1 @@
|
|||
\v 4 हामी बप्तिस्माद्वारा मृत्युमा उहाँसँगै गाडियौँ । ताकि जसरी ख्रीष्ट पिताको महिमाद्वारा मृतकहरूबाट जीवित पारिनुभयो, त्यसरी नै हामी जीवनको नवीनतामा हिँड्न सकौँ । \v 5 किनकि यदि हामी उहाँको मृत्युको स्वरूपमा एक भएका छौँ भने हामी उहाँको पुनरुत्थानमा पनि एक हुनेछौँ ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 6 हामी जन्दछौँ, कि हाम्रो पुरानो मनुष्यत्वलाई उहाँसँगै क्रुसमा टाँगिएको थियो, ताकि पापको शरीरलाई नाश गर्न सकियोस्; ताकि हामी पापको दास बन्न नपरोस् । \v 7 जो मरेको छ, पापको सम्बन्धमा त्यसलाई धर्मी घोषित गरिन्छ ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 8 तर यदि हामी ख्रीष्टसँग मरेका छौँ भने, हामी विश्वास गर्छौं, कि हामी पनि उहाँसँगै जिउनेछौँ । \v 9 हामी जान्दछौँ, कि ख्रीष्ट मृतकबाट जीवित पारिनुभएको छ र अब उहाँ मृत हुनुहुन्न । अब मृत्युले उहाँमाथि राज्य गर्दैन ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 10 मृत्युको विषयमा उहाँ पापको लागि मर्नुभयो, उहाँ एकै पल्ट हामी सबैका लागि मर्नुभयो । तथापि जुन जीवन उहाँ जिउनुहुन्छ, त्यो उहाँले परमेश्वरको निम्ति जिउनुहुन्छ । \v 11 त्यसै गरी, तिमीहरूले पनि पापको निम्ति मरेको, तर ख्रीष्ट येशूमा परमेश्वरमा जीवित ठान्नुपर्छ ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 12 त्यसकारण, तिमीहरूको मरणशील शरीरमा पापलाई राज्य गर्न नदेओ, ताकि तिमीहरूले त्यसको अभिलाषालाई मान्न परोस् । \v 13 आफ्नो शरीरका अङ्गहरूलाई अधार्मिकताका साधनहरूको रूपमा प्रयोग गर्न नदेओ । तर आफैँलाई परमेश्वरको निम्ति अहिले जिइरहेको मृतकको रूपमा देओ । अनि आफ्नो शरीरका अङ्गहरूलाई परमेश्वरको लागि धार्मिक साधनको रूपमा प्रयोग गर्नलाई देओ । \v 14 पापलाई आफूमाथि राज्य गर्न नदेओ । किनकि तिमीहरू व्यवस्थामा छैनौ, तर अनुग्रहमा छौ ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 15 त्यसो भए के त ? के हामी व्यवस्थामा छैनौँ, तर अनुग्रहमा छौँ भनेर हामी पाप गरौँ त ? कहिल्यै यस्तो नहोस् । \v 16 के तिमीहरू जान्दैनौ, जसको निम्ति तिमीहरूले आफैँलाई नोकरको रूपमा दिन्छौ त्यसप्रति तिमीहरू आज्ञाकारी हुनुपर्छ अर्थात् त्यसको आज्ञा पालन गर्नुपर्छ ? यो सत्य हो, कि या तिमीहरू मृत्युमा पुर्याउने पापका नोकरहरू हौ या धार्मिकतामा पुर्याउने आज्ञाकारिताका सेवकहरू हौ ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 17 तर परमेश्वरलाई धन्यवाद होस् ! तिमीहरू पापका नोकरहरू थियौ, तर तिमीहरूले आफूलाई दिइएको शिक्षाको ढाँचालाई आफ्नो हृदयदेखि नै पालन गर्यौ । \v 18 तिमीहरूलाई पापबाट छुटकारा दिइएको छ र तिमीहरूलाई धार्मिकताको सेवक बनाइएको छ ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 19 म तिमीहरूको शरीरको कमजोरीको कारणले बोल्ने मानिसझैँ बोल्छु । किनकि जसरी तिमीहरूले आफ्नो शरीरका अङ्गहरू अशुद्धता र दुष्टका नोकरहरूको रूपमा दियौ; त्यसरी नै अब शुद्धिकरणको निम्ति आफ्ना शरीरका अङ्गहरूलाई धार्मिकताको सेवकको रूपमा देओ । \v 20 किनकि तिमीहरू पापका दासहरू हुँदा, तिमीहरू धार्मिकताबाट स्वतन्त्र थियौ । \v 21 त्यति बेला अहिले तिमीहरू लज्जित हुनुपर्ने थोकहरूका कस्ता-कस्ता फलहरू तिमीहरूसित थिए ? किनकि ती कुराहरूको परिणाम मृत्यु हो ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 22 तर अब तिमीहरूलाई पापबाट मुक्त गराइएको छ, अनि परमेश्वरको दास बनाइएको छ र तिमीहरूसित शुद्धिकरणको फल छ । \v 23 किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैँको वरदानचाहिँ हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 1 भाइ हो, के तिमीहरूलाई थाहा छैन (किनकि म व्यवस्था जान्नेहरूसित बोल्दै छु), कि व्यवस्थाले मानिस जीवित रहँदासम्म मात्र नियन्त्रण गर्छ ?
|
|
@ -0,0 +1 @@
|
|||
\v 2 किनकि एक विवाहित स्त्री आफ्नो पति जीवित रहँदासम्म व्यवस्थाद्वारा बाँधिएकी हुन्छे, तर यदि उसको पति मर्यो भने ऊ त्यो विवाहको व्यवस्थाबाट मुक्त हुन्छे । \v 3 त्यस्तै, उसको पति जीवित हुँदा ऊ अर्को पुरुषसँग बसी भने, उसलाई व्यभिचारिणी स्त्री भनिनेछ । तर उसको पति मर्यो भने, ऊ त्यस व्यवस्थाबाट मुक्त हुन्छे, अनि अर्को पुरुषसँग बसी भने पनि ऊ व्यभिचारिणी हुँदिन ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 4 त्यसैले, मेरा भाइहरू हो, तिमीहरू पनि ख्रीष्टको शरीरद्वारा व्यवस्थाको निम्ति मरेका थियौ । हामीले परमेश्वरको निम्ति फल फलाउन सकौँ भनेर तिमीहरू अर्कैसँग अर्थात् मृतकहरूबाट जीवित पारिनुभएकासँग एक हुन सक्यौ । \v 5 किनकि जब हामी शरीरमा थियौँ, व्यवस्थाद्वारा मृत्युको निम्ति फल फलाउन हाम्रा अङ्गहरूमा पापमय स्वभावहरू सक्रिय गराइए ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 6 तर अब हामी व्यवस्थाबाट स्वतन्त्र पारिएका छौँ । हामीलाई जुन कुराले बाँधेको थियो, त्यसको निम्ति हामी मरेका छौँ । हामीले पुरानो विधानमा होइन, तर पवित्र आत्माको नयाँपनमा सेवा गर्न सकौँ भनेर यसो भएको हो ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 7 त्यसो भए, हामी के भनौँ त ? के व्यवस्था आफैँ पाप हो ? यस्तो कहिल्यै नहोस् । तथापि यदि व्यवस्था नभएको भए मैले कहिल्यै पाप जान्ने थिइनँ । किनकि यदि व्यवस्थाले, “तैँले लोभ नगर्” नभनेसम्म मैले लोभ के हो भनी कहिल्यै जान्ने थिइनँ । \v 8 तर पापले यी आज्ञाद्वारा मौका पायो अनि ममा हर किसिमको अभिलाषा ल्यायो । किनकि व्यवस्थाविना पाप मरेतुल्य हुन्छ ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 9 एक समय म व्यवस्थाविना जीवित थिएँ, तर जब आज्ञा आयो, पापले पुनः जीवन पायो र म मरेँ । \v 10 जीवन ल्याउनुपर्ने आज्ञा मेरो निम्ति मृत्युमा परिणत हुन पुग्यो ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 11 किनकि पापले यी आज्ञाद्वारा मौका छोप्यो र मलाई छल गर्यो । नियमहरूद्वारा यसले मलाई मार्यो । \v 12 त्यसैले, व्यवस्था पवित्र छ, अनि आज्ञा पवित्र, धार्मिक र असल छ ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 13 त्यसैले, के जे असल छ त्यो मेरो निम्ति मृत्यु बन्यो ? यस्तो कहिल्यै नहोस् । तर पापलाई पाप नै देखाउन सकियोस् भनी जे असल थियो त्यसद्वारा ममा मृत्यु ल्याइयो । आज्ञाद्वारा यस्तो भयो, ताकि पाप अत्यधिक पापमय बन्न सकोस् । \v 14 हामी जान्दछौँ, कि व्यवस्था आत्मिक हो, तर म शारीरिक हुँ । म पापको दासत्वमा बेचिएको छु ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 15 किनभने म जे गर्छु, त्यो म वास्तवमा बुझ्दिनँ । किनकि म जे गर्न चाहन्छु, त्यो म गर्दिनँ; अनि म जेलाई घृणा गर्छु, म त्यही गर्छु । \v 16 तर म जे चाहँदिनँ म त्यही गर्छु भने, व्यवस्था असल हो भनी म व्यवस्थासँग सहमत हुन्छु ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 17 तर अब यो गर्ने म होइन, तर ममा रहने पाप हो । \v 18 किनकि म जान्दछु, कि ममा अर्थात् मेरो शरीरमा कुनै पनि असल थोक बास गर्दैन । किनकि ममा असल गर्ने इच्छा छ, तर म यो गर्न सक्दिनँ ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 19 किनकि मैले चाहेको असल थोक म गर्दिनँ, तर म जुन खराब कुरो गर्न चाहन्नँ, म त्यही गर्छु । \v 20 अब म जे गर्न चाहँदिनँ त्यही गर्छु भने, यो गरिरहने म होइन, तर ममा बास गर्ने पाप हो । \v 21 तब मैले ममा असल गर्ने सिद्धान्त भेट्टाउँछु, तर ममा दुष्ट वास्तवमै उपस्थित भएको पाउँछु ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 22 किनकि म भित्री मनुष्यत्वसँगै परमेश्वरको व्यवस्थामा आनन्द मनाउँछु । \v 23 तर मैले मेरा अङ्गहरूमा फरक सिद्धान्त देख्छु । यसले मेरो मनको नयाँ सिद्धान्तसँग लड्छ । मेरा अङ्गहरूमा भएको सिद्धान्तद्वारा यसले मलाई पापको कैदी बनाउँछ ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 24 म दुःखि मानिस हुँ ! मलाई यो मृत्युको शरीरबाट कसले छुटकारा देला ? \v 25 तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरलाई धन्यवाद होस् ! त्यसैले, म आफैँले मेरो मनले परमेश्वरको व्यवस्थाको सेवा गर्छु । तापनि शरीरले म पापको सिद्धान्तको सेवा गर्छु ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 1 त्यसकारण, अब ख्रीष्ट येशूमा भएकाहरूलाई दण्डको कुनै आज्ञा छैन । \v 2 किनकि ख्रीष्ट येशूमा जीवनको आत्माको सिद्धान्तले मलाई पाप र मृत्युको सिद्धान्तबाट स्वतन्त्र बनाएको छ ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 3 जुन कुरा गर्न व्यवस्था असमर्थ थियो, सो परमेश्वरले गर्नुभयो, किनकि यो शरीरद्वारा कमजोर थियो । उहाँले आफ्ना पुत्रलाई पापमय शरीरको रूपमा पापको निम्ति बलिदान हुन पठाउनुभयो र उहाँले पापलाई शरीरमा दण्ड दिनुभयो । \v 4 हामीमा व्यवस्थाको मापदण्ड पुरा हुन सकोस् भनेर उहाँले यसो गर्नुभयो, ताकि हामी शरीरअनुसार होइन, तर आत्माअनुसार चल्न सकौँ । \v 5 जो शरीरअनुसार जिउँछन्, तिनीहरूले शरीरको कुरामा ध्यान दिन्छन्, तर जो आत्माअनुसार जिउँछन्, तिनीहरूले आत्माको कुरामा ध्यान दिन्छन् ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 6 शरीरको मानसिकता मृत्यु हो, तर आत्माको मानसिकता जीवन र शान्ति हो । \v 7 शरीरको मानसिकता परमेश्वरप्रति शत्रुता हो, किनकि यो परमेश्वरको व्यवस्थाको अधीनमा छैन, न यो बस्न नै समर्थ हुन्छ । \v 8 जो शरीरमा छन्, उनीहरू परमेश्वरलाई खुसी तुल्याउन सक्षम छैनन् ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 9 तापनि तिमीहरू शरीरमा छैनौ, तर आत्मामा छौ, यदि यो सत्य हो भने परमेश्वरका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ । तर यदि कसैसँग ख्रीष्टका आत्मा हुनुहुन्न भने, त्यो उहाँको होइन । \v 10 यदि तिमीहरूमा ख्रीष्ट हुनुहुन्छ भने, पापको निम्ति शरीर मृत हुन्छ, तर धार्मिकताको निम्ति आत्मा जीवित हुन्छ ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 11 येशूलाई मृतकहरूबाट जीवित पार्नुहुनेका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ जसले ख्रीष्टलाई मृतकहरूबाट जीवित पार्नुभयो भने, उहाँले नै तिमीहरूमा बास गर्नुहुने उहाँका आत्माद्वारा तिमीहरूको मरणशील शरीरलाई जीवन दिनुहुनेछ ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 12 त्यसकारण, भाइ हो, हामी ऋणी छौँ, तर शरीरअनुसार जिउन शरीरप्रति ऋणी छैनौँ । \v 13 तिमीहरू शरीरअनुसार जिउँछौ भने, तिमीहरू मर्न लागेका छौ, तर तिमीहरूले आत्माद्वारा शरीरका कामहरूलाई मार्छौ भने तिमीहरू जिउनेछौ ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 14 किनकि जति परमेश्वरका आत्माद्वारा डोर्याइएका छन्, तिनीहरू नै परमेश्वरका छोराछोरीहरू हुन् । \v 15 किनकि तिमीहरूले डरको लागि दासत्वको आत्मा पाएका छैनौ । बरु, तिमीहरूले धर्मपुत्रको आत्मा पाएका छौ जसद्वारा हामी “अब्बा, पिता !” भनी पुकार्छौं ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 16 हामी परमेश्वरका सन्तान हौँ भनी पवित्र आत्मा स्वयम्ले हाम्रो आत्मालाई गवाही दिनुहुन्छ । \v 17 यदि हामी सन्तानहरू हौँ भने त हामी उत्तराधिकारीहरू पनि हौँ अर्थात् परमेश्वरका उत्तराधिकारीहरू हौँ । अनि हामी ख्रीष्टसँगै साझे-उत्तराधिकारीहरू हौँ । वास्तवमा हामीले उहाँसँगै कष्ट भोग्यौँ भने, हामी पनि उहाँसँगै महिमित हुन सक्छौँ ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 18 यो वर्तमान समयका कष्टहरू हामीलाई प्रकट गरिने महिमासँग तुलना गर्न योग्यका छैनन् भन्ने म ठान्छु । \v 19 किनकि सृष्टिको उत्कट आशा परमेश्वरका पुत्रहरूको प्रकटीकरणको प्रतीक्षामा छ ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 20 किनकि सृष्टिलाई व्यर्थताको वशमा सुम्पिएको छ; यसको आफ्नै इच्छामा होइन, तर यसलाई वशमा राख्नुहुनेको इच्छामा । यो दृढ निश्चयता हो, \v 21 कि सृष्टि स्वयम्लाई विनाशको दासत्वबाट मुक्त गरिनेछ, र यसलाई परमेश्वरका सन्तानहरूका महिमाको स्वतन्त्रतामा ल्याइनेछ । \v 22 हामी जन्दछौँ, कि सारा सृष्टि अहिले पनि एकसाथ क्रन्दन र प्रसव वेदनामा छ ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 23 यति मात्र होइन, तर पवित्र आत्माको पहिलो फल भएका हामी आफैँ पनि हाम्रो धर्मपुत्र ग्रहणको प्रतीक्षा अर्थात् हाम्रो शरीरको उद्धारको प्रतीक्षामा हामी आफैँभित्र क्रन्दनमा छौँ । \v 24 किनकि हामीलाई यही भरोसाद्वारा बचाइएको थियो । तर जे हुनेछ भनी हामी विश्वस्त छौँ, त्यो अझ देखिएको छैन, किनकि अगाडि नै देखिएको कुराको निम्ति कसले दृढतासाथ प्रतीक्षा गर्छ र ? \v 25 तर यदि हामी अझैसम्म नदेखिएका कुरामा विश्वस्त छौँ भने, हामी यसको लागि धैर्यसाथ प्रतीक्षा गर्दछौँ ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 26 त्यसै गरी, पवित्र आत्माले पनि हाम्रो कमजोरीमा सहायता गर्नुहुन्छ । किनकि कसरी प्रार्थना गर्ने भनी हामी जान्दैनौँ, तर पवित्र आत्माले व्यक्त गर्न नसकिने क्रन्दनमा हाम्रो निम्ति मध्यस्थता गर्नुहुन्छ । \v 27 जसले हृदयको खोजी गर्नुहुन्छ उहाँले पवित्र आत्माको विचार जान्नुहुन्छ, किनकि उहाँले परमेश्वरको इच्छाअनुसार विश्वासीहरूको तर्फबाट अन्तरबिन्ती गर्नुहुन्छ ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 28 हामी जान्दछौँ, कि परमेश्वरलाई प्रेम गर्नेहरू र उहाँको उद्देश्यअनुसार बोलाइएकाहरूका निम्ति उहाँले सबै थोकमा एकसाथ भलाइको निम्ति काम गर्नुहुन्छ अर्थात् (नोटः केही पुरानो संस्करणमा यस्तो छ) सबै थोकले एकसाथ भलाइको निम्ति नै काम गर्छन् । \v 29 किनकि जसलाई उहाँले पहिलेदेखि नै जान्नुहुन्थ्यो, धेरै भाइहरूमध्ये ज्येष्ठ होऊन् भनी उहाँले तिनीहरूलाई आफ्नो पुत्रको स्वरूप समान हुन पहिले नै नियुक्ति गर्नुभयो । \v 30 जसलाई उहाँले पहिले नै नियुक्ति गर्नुभयो, तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो । जसलाई उहाँले बोलाउनुभयो, तिनीहरूलाई धर्मी पनि ठहर्याउनुभयो । जसलाई उहाँले धर्मी ठर्याउनुभयो, तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो ।
|
|
@ -0,0 +1 @@
|
|||
\v 31 त्यसो भए, यी कुराहरूको विषयमा हामी के भनौँ त ? यदि परमेश्वर नै हाम्रो पक्षमा हनुहुन्छ भने, हाम्रो विरुद्धमा को हुन्छ र ? \v 32 जसले आफ्ना पुत्रलाई पनि बाँकी राख्नुभएन तर हामी सबैको तर्फबाट उहाँलाई सुम्पिदिनुभयो, कसरी उहाँले हामीलाई उहाँसँगै सबै थोक पनि सितैँमा दिनुहुन्न र ?
|
|
@ -0,0 +1 @@
|
|||
\v 33 परमेश्वरका चुनिएकाहरूका विरुद्धमा कसले दोष ल्याउने ? धर्मी तुल्याउनुहुने त परमेश्वर नै हुनुहुन्छ । \v 34 दण्डको आज्ञा दिनुहुने को हुनुहुन्छ ? हाम्रो निम्ति मर्नुहुने त ख्रीष्ट नै हुनुहुन्छ, अनि त्यसभन्दा बढी उहाँ जीवित भई उठ्नु पनि भयो । उहाँले आदरको स्थानमा रहेर परमेश्वरसँग शासन गर्दै हुनुहुन्छ, र हाम्रा लागि मध्यस्थता गरिरहनुहुने उहाँ नै हुनुहुन्छ ।
|
Some files were not shown because too many files have changed in this diff Show More
Loading…
Reference in New Issue