ne_rom_text_ulb/10/01.txt

1 line
971 B
Plaintext
Raw Normal View History

\c 10 \v 1 भाइहरू हो, मेरो हृदयको इच्छा र परमेश्‍वरलाई मेरो बिन्ती तिनीहरूका लागि यही छ कि तिनीहरूले उद्धार पाऊन् । \v 2 किनकि म तिनीहरूको विषयमा गवाही दिन्छु, कि तिनीहरूसँग परमेश्‍वरको निम्ति जोस छ, तर ज्ञानअनुसार छैन । \v 3 किनकि तिनीहरूले परमेश्‍वरबाट आएको धार्मिकता नजानेर, र तिनीहरूले आफ्नै धार्मिकता स्थापित गर्न खोजेर तिनीहरू परमेश्‍वरको धार्मिकताप्रति समर्पित भएनन् ।