translationCore-Create-BCS_.../tn_1PE.tsv

279 lines
159 KiB
Plaintext
Raw Normal View History

Reference ID Tags SupportReference Quote Occurrence Note
front:intro c1uv 0 # १ पत्रुसको परिचय\n\n## भाग १: सामान्य परिचय\n\n### १ पत्रुसको रूपरेखा\n\n१. परिचय (१:१-२)\n१. विश्‍वासीहरूलाई परमेश्‍वरको उद्धारको लागि प्रशंसा (१:३-२:१०)\n१. ख्रीष्‍टिएन जीवन (२:११-४:११)\n१. कष्‍टभोगको बेलामा डटिरहनलाई हौसला ४:१२-५:११)\nसमापन (५:१२-१४)\n\n\n### १ पत्रुसको पुस्तक कसले लेखे ?\n\n१ पत्रुसको पुस्‍तक प्रेरित पत्रुसद्वारा लेखिएको थियो । एसियाको दक्षिणी प्रायद्वीपभरि छरपष्‍ट भएका अन्‍यजाति ख्रीष्‍टिएनहरूका लागि उनले यो पत्र लेखे ।\n\n### १ पत्रुसको पुस्तक केको बारेमा हो ?\n\nपत्रुसले यो पत्र लेख्‍नुको उद्देश्‍य तिनले यसरी उल्‍लेख गरेका छन्, “यो परमेश्‍वरको साँचो अनुग्रह हो भनेर तिमीहरूलाई उत्साह र साक्षी दिने” (५:१२) ।\nख्रीष्टिएनहरूले दुःखकष्‍टको सामना गर्नुपर्दा पनि तिनीहरूले निरन्‍तर रूपमा परमेश्‍वरको आज्ञा पालन गर्नुपर्छ भनी तिनले उत्‍साह दिए । येशूको दोस्रो आगमन चाँडै नै हुने छ भनेर तिनले तिनीहरूलाई यसो गर्न भने । अधिकारको स्‍थानमा रहेका व्‍यक्तिहरूप्रति ख्रीष्‍टिएनहरू समर्पित हुनुपर्छ भनेर उत्साह दिने कार्यसमेत तिनले गरे ।\n\n### यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?\n\nअनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “१ पत्रुस” वा “पहिलो पत्रुस” भनेर बोलाउनलाई छान्‍न सक्छन् । अथवा तिनीहरूले अझ बढी स्‍पष्‍ट शीर्षक छान्‍न सक्छन्, जस्तै, “पत्रुसबाटको पहिलो पत्र” वा “पत्रुसले लेखेको पहिलो पत्र” । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-names]])\n\n## भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू\n\n### ख्रीष्‍टिएनहरूलाई रोममा कस्तो व्यवहार गरिन्थ्यो ?\n\nपत्रुसले यो पत्र लेख्‍दा शायद तिनी रोममा थिए । तिनले रोमलाई “बेबिलोन” भनेर साङ्केतिक नाउँ दिए (५:१३) । पत्रुसले यो पत्र लेखेको समयमा रोमीहरूले ख्रीष्‍टिएनहरूलाई नराम्रो ढङ्गले सतावट गरिरहेको जस्
1:intro ql4i 0 # १ पत्रुस ०१ सामान्य टिपोटहरू\n\n## संरचना र ढाँचा\n\nपत्रुसले पद १-२ मा यो पत्रलाई औपचारिक रूपमा परिचित गराउँछन् । प्राचीन मध्‍यपूर्वमा पत्र लेख्‍नेहरूले पत्रहरू लेख्‍न यसरी सुरु गर्दथे ।\n\nकेही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले १:२४-२५ मा पुरानो करारबाट उद्‌धृत गरेर ल्याइएको कवितासँग यसै गर्छ ।\n\n## यस अध्यायमा भएका विशेष अवधारणाहरू\n\n### परमेश्‍वरले के प्रकट गर्नुहुन्छ\n\nजब येशू दोस्रोपल्ट आउनुहुन्‍छ, तब परमेश्‍वरका मानिसहरूले येशूमाथि विश्‍वास राख्‍नू कति असल कुरा रहेछ भनी हरेक व्‍यक्तिले थाहा पाउने छन् । अनि परमेश्‍वरका मानिसहरूप्रति उहाँ कति धेरै अनुग्रही हुनुभएको छ भनेर तिनीहरूले थाहा पाउने छन् र सबै मानिसहरूले परमेश्‍वर र उहाँका मानिसहरूको प्रशंसा गर्ने छन् ।\n\n### पवित्रता\n\nपरमेश्वरले उहाँका मानिसहरू पवित्र होउन् भन्‍ने इच्‍छा गर्नुहुन्‍छ किनभने परमेश्‍वर पवित्र हुनुहुन्‍छ । (हेर्नुहोस्ः [[rc://ne/tw/dict/bible/kt/holy]])\n\n### अनन्‍तता\n\nअनन्त रहने थोकहरूका लागि जिउन र अन्‍त्‍य हुने यस संसारका थोकहरूका लागि नजिउन पत्रुसले ख्रीष्‍टिएनहरूलाई आग्रह गर्छन् । (हेर्नुहोस्ः [[rc://ne/tw/dict/bible/kt/eternity]])\n\n## यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू\n\n### विरोधाभास\n\nविरोधाभासको वाक्‍य एउटा साँचो वाक्‍य हो, जसले कुनै असम्‍भव कुरालाई स्पष्‍ट पार्दछ । पत्रुसले आफ्‍ना पाठकहरू एकै समयमा खुशी र दुःखी भएका कुरा लेख्दछन् ([१ पत्रुस १:६](./06.md)) । तिनीहरूले कष्‍ट भोगिरहेका हुनाले तिनीहरू दुःखी भएका छन्, तर “अन्‍तिम समयमा” परमेश्‍वरले तिनीहरूलाई बचाउनुहुनेछ भन्‍ने कुरा तिनीहरूले थाहा भएको हुनाले तिनीहरू खुशी छन् ([१ पत्रुस १:५](./05.md)) ।
1:1 g6b4 सामान्य जानकारीः 0 पत्रुसले आफैँलाई लेखकको रूपमा परिचित गराउँछन् र उनले लेख्दै गरेका विश्‍वासीहरूको परिचय दिँदै उनीहरूलाई अभिवादन गर्छन् ।
1:1 u3zc rc://*/ta/man/translate/figs-metaphor παρεπιδήμοις διασπορᾶς 1 पत्रुसका पाठकहरू आफ्‍नो मुलुकदेखि बाहिर धेरै मुलुकमा छरपष्‍ट भएर बसेका कुरा तिनले गर्दछन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1:1 qkl8 Καππαδοκίας & Βιθυνίας 1 पत्रुसले उल्‍लेख गरेका अन्य ठाउँहरूसँगै, कापाडोकिया र बिथिनिया अहिलेको टर्की रहेको ठाउँमा रहेका रोमी प्रान्तहरू थिए ।
1:1 cf7b ἐκλεκτοῖς 1 “परमेश्‍वर पिताले चुन्‍नुभएकाहरू ।” परमेश्‍वरले तिनीहरूलाई उहाँको आफ्नो पूर्वज्ञान अनुसार चुन्‍नुभएको छ ।
1:2 a3gd κατὰ πρόγνωσιν Θεοῦ Πατρός 1 “उहाँको आफ्नै पूर्वज्ञान अनुसार”
1:2 ba1h rc://*/ta/man/translate/figs-abstractnouns πρόγνωσιν Θεοῦ Πατρός 1 भाववाचक नाउँ “पूर्वज्ञान” शब्दलाई क्रियापदको रूपमा अनुवाद गर्न सकिन्‍छ । सम्‍भावित अर्थहरू हुन् १) के हुने छ भनेर परमेश्‍वरले अगिदेखि नै निर्धारण गर्नुभयो । वैकल्पिक अनुवादः “पिता परमेश्‍वरले पहिलेदेखि नै जे निर्णय गर्नुभयो” वा २) के हुने छ भनेर परमेश्‍वरलाई समयभन्‍दा अगि नै थाहा थियो । वैकल्पिक अनुवादः “जे परमेश्‍वर पितालाई पहिलेबाट नै थाहा थियो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-abstractnouns]])
1:2 i9kf rc://*/ta/man/translate/figs-metonymy ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ 1 यहाँ “रगत”ले येशूको मृत्युलाई जनाउँछ । जसरी मोशाले परमेश्‍वरसँग इस्राएलको मानिसहरूको करारको चिन्हस्वरूप तिनीहरूमाथि रगत छर्के, त्यसरी नै विश्‍वासीहरू पनि येशूको मृत्युद्वारा परमेश्‍वरसँगको करारमा छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]] अनि [[rc://ne/ta/man/translate/figs-metaphor]])
1:2 z7df rc://*/ta/man/translate/figs-abstractnouns χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη 1 यो खण्डले अनुग्रहलाई विश्‍वासीहरूले प्राप्‍त गर्न सक्‍ने कुनै वस्तुको रूपमा र शान्तिलाई परिमाणमा बढ्न सक्‍ने केही कुराको रूपमा व्यक्त गर्दछ । अवश्‍य पनि,अनुग्रह भनेको वास्तवमा विश्‍वासीहरूप्रति परमेश्‍वरले गर्ने नरम व्यवहार हो, र शान्ति चाहिँ विश्‍वासीहरू परमेश्‍वरसँग सुरक्षा र आनन्दमा कसरी बस्‍छन् भन्‍ने कुरा हो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-abstractnouns]])
1:3 y6aq सामान्य जानकारीः 0 पत्रुस विश्‍वासीहरूको उद्धार र विश्‍वासको बारेमा कुरा गर्न सुरु गर्छन् । यहाँ उनले एउटा अलङ्कारको व्याख्या गर्छन् जसमा परमेश्‍वरले सारा विश्‍वासीहरूको निम्ति जे गर्ने प्रतिज्ञा गर्नुभएको छ, सो कुरालाई उहाँलाई तिनीहरूलाई दिने एउटा उत्तराधिकार भएको जसरी व्यक्त गरिएको छ ।
1:3 cyf6 rc://*/ta/man/translate/figs-inclusive τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ Χριστοῦ & ἀναγεννήσας ἡμᾶς 1 “हाम्रा” र “हामी” शब्दहरूले पत्रुस र उनले लेखिरहेका व्यक्तिहरूलाई जनाउँछन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-inclusive]])
1:3 c92y ἀναγεννήσας ἡμᾶς 1 “उहाँले हामीलाई पुनर्जन्म लिने तुल्याउनुभएको छ”
1:4 b2zy rc://*/ta/man/translate/figs-abstractnouns εἰς κληρονομίαν 1 यसलाई तपाईंले क्रियापद प्रयोग गरेर अनुवाद गर्न सक्नुहुन्‍छ । वैकल्‍पिक अनुवादः “हामी उत्तराधिकार प्राप्‍त गर्न दृढ भएर आशा गर्छौँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-abstractnouns]])
1:4 cy1g rc://*/ta/man/translate/figs-metaphor κληρονομίαν 1 परमेश्‍वरले विश्‍वासीहरूका निम्ति गर्नुभएको प्रतिज्ञा प्राप्‍त गर्ने कुरा परिवारको सदस्यबाट उत्तराधिकारको रूपमा पाइने जायजेथा र धनको रूपमा व्यक्त गरिएको छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1:4 vr9s rc://*/ta/man/translate/figs-metaphor ἄφθαρτον, καὶ ἀμίαντον, καὶ ἀμάραντον 1 पत्रुसले उत्तराधिकारलाई सिद्ध र अनन्तसम्‍म हुने केही कुराको रूपमा गर्नको निम्ति तीनवटा उस्तै किसिमका वाक्यांशको प्रयोग गर्छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1:4 z6w4 rc://*/ta/man/translate/figs-activepassive τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς 1 यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूका लागि परमेश्‍वरले स्‍वर्गमा सँचेर राख्‍नुभएको छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
1:5 r4es rc://*/ta/man/translate/figs-activepassive τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους 1 यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई सुरक्षा दिइरहनुभएको छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
1:5 fw3p rc://*/ta/man/translate/figs-abstractnouns ἐν δυνάμει Θεοῦ 1 यहाँ “शक्ति” भनेको परमेश्‍वर शक्तिशाली हुनुहुन्छ र विश्‍वासीहरूलाई बचाउन सक्षम हुनुहुन्छ भन्‍ने कुरालाई बताउने एउटा तरिका हो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-abstractnouns]])
1:5 a4ab rc://*/ta/man/translate/figs-abstractnouns διὰ πίστεως 1 यहाँ “विश्‍वास”ले विश्‍वासीहरूले ख्रीष्‍टमाथि भरोसा गर्छन् भन्‍ने तथ्यलाई जनाउँछ । वैकल्पिक अनुवाद: “तिमीहरूको विश्‍वासको कारणले” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-abstractnouns]])
1:5 g4rb rc://*/ta/man/translate/figs-activepassive ἑτοίμην ἀποκαλυφθῆναι 1 यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जुन परमेश्‍वरले प्रकट गर्न लाग्‍नुभएको छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
1:6 hy8d ἐν ᾧ ἀγαλλιᾶσθε 1 “यस” शब्‍दले पत्रुसले अगिल्ला पदहरूमा उल्लेख गरेका सबै आशिष्‌हरूलाई जनाउँछ ।
1:7 vvp1 rc://*/ta/man/translate/figs-metaphor ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως 1 आगोले जसरी सुनलाई खार्ने काम गर्दछ, त्यसरी नै कठिनाइहरूले विश्‍वासीहरूले ख्रीष्‍टमा राख्‍ने भरोसालाई जाँच्दछन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1:7 ct3n τὸ δοκίμιον ὑμῶν τῆς πίστεως 1 विश्‍वासीहरूले कति राम्रोसँग ख्रीष्‍टमा विश्‍वास गर्छन् भनी परमेश्‍वरले जाँच गर्ने इच्‍छा गर्नुहुन्‍छ ।
1:7 u63m τῆς πίστεως πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου, διὰ πυρὸς & δοκιμαζομένου 1 विश्‍वास सुनभन्दा बहुमूल्य हुन्छ, किनकि सुनलाई आगोमा खारे तापनि यो सधैँ रहँदैन ।
1:7 a6q4 εὑρεθῇ εἰς ἔπαινον, καὶ δόξαν, καὶ τιμὴν 1 सम्भावित अर्थहरू हुन् १) तिमीहरूको विश्‍वासको कारण “परमेश्‍वरले तिमीहरूको धेरै आदर गर्नुहुनेछ” वा २) परमेश्‍वरलाई “तिमीहरूको विश्‍वासले प्रशंसा, महिमा र आदर ल्याउनेछ” ।
1:7 bkr9 rc://*/ta/man/translate/figs-activepassive ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ 1 “जब येशू ख्रीष्‍ट प्रकट हुनुहुन्छ ।” यसले येशू ख्रीष्‍टको पुनरागमनलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब येशू ख्रीष्‍ट सबै मानिसको सामु प्रकट हुनुहुन्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
1:8 eka3 χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ 1 “शब्दहरूले व्यक्त गर्न नसकिने अद्‍भूत आनन्द”
1:9 j2qe rc://*/ta/man/translate/figs-synecdoche σωτηρίαν ψυχῶν 1 यहाँ “प्राण” शब्दले सिङ्गो व्यक्तिलाई जनाउँछ । अमूर्त नाम “मुक्ति”लाई क्रियापदको प्रयोग गरेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूको मुक्ति” वा “परमेश्‍वरले तिमीहरूलाई बचाउने काम” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-synecdoche]] अनि [[rc://ne/ta/man/translate/figs-abstractnouns]])
1:9 hw6y σωτηρίαν 1 यो शब्दले अवधारणालाई कुनै एउटा वस्‍तु भए झैँ गरी प्रस्तुत गर्छ । वास्तवमा, “मुक्ति”ले परमेश्‍वरले हामीलाई बचाउने काम वा यसको परिणामलाई जनाउँछ ।
1:10 p4p5 σωτηρίας & χάριτος 1 यी शब्दहरूले दुईवटा विचारलाई तिनीहरू कुनै थोकहरू वा वस्‍तुहरू भए झैँ गरी प्रस्तुत गर्छन् । वास्तवमा, “मुक्ति”ले परमेश्‍वरले हामीलाई बचाउने काम वा यसको परिणामलाई जनाउँछ । यसै गरी, “अनुग्रह”ले परमेश्‍वरले विश्‍वासीहरूसँग गर्ने कोमल व्यवहारलाई जनाउँछ ।
1:10 yyz4 rc://*/ta/man/translate/figs-doublet ἐξεζήτησαν καὶ ἐξηραύνησαν 1 “ध्‍यासित खोजतलास गरेका” भन्‍नुको अर्थ मूलभूत रूपमा “खोजेका” भन्‍ने अर्थ हुन्‍छ । यी शब्दहरूको सँगै प्रयोगले ती अगमवक्ताहरूले यो मुक्तिलाई बुझ्नको निम्ति कति धेरै परिश्रम गरेका थिए भन्‍ने कुरालाई जोड दिन्छ । वैकल्पिक अनुवादः “धेरै ध्यान दिएर जाँच गरे” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublet]])
1:11 x5x8 जोड्ने कथनः 0 पत्रुसले अगमवक्ताहरूको मुक्तिको खोजको बारेमा भएको कुरालाई निरन्तरता दिन्छन् ।
1:11 r5jf ἐραυνῶντες 1 “तिनीहरूले निश्‍चय गर्न कोसिस गरे”
1:11 w3n8 τὸ & Πνεῦμα Χριστοῦ 1 यसले पवित्र आत्मालाई जनाउँछ ।
1:12 x4b1 rc://*/ta/man/translate/figs-activepassive οἷς ἀπεκαλύφθη 1 यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले अगमवक्ताहरूलाई प्रकट गर्नुभयो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
1:12 xi4d εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι 1 “स्‍वर्गदूतहरूले यो कुरा बुझ्‍ने इच्‍छा गर्दछन्”
1:13 bjg9 διὸ ἀναζωσάμενοι 1 “यसैले गर्दा, मन बाँध ।” पत्रुसले अहिलेसम्म मुक्तिको, तिनीहरूको विश्‍वासको र ख्रीष्‍टका आत्माले अगमवक्ताहरूलाई दिनुभएका प्रकाशहरूको बारेमा आफूले भनेका सबै कुरालाई अङ्‌कित गर्न “त्यसैले” शब्द प्रयोग गर्छन् ।
1:13 u87y rc://*/ta/man/translate/figs-idiom ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν 1 कम्‍मर कस्ने कुराले कडा मेहनत गर्नलाई तयर गर्ने कुरालाई जनाउँछ । यो कुरा सजिलोसँग हिँड्नको लागि कुनै व्यक्तिको वस्‍त्रको अन्तिम फेरलाई पेटिले कम्मरको वरिपरि बाँध्‍ने चलनबाट आएको हो । वैकल्‍पिक अनुवादः “तिमीहरूका मनलाई तयार गर” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-idiom]])
1:13 i56f rc://*/ta/man/translate/figs-idiom νήφοντες 1 यहाँ “संयमी” शब्दले मानसिक स्पष्‍टता र सतर्कतालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूका विचारहरूलाई काबुमा राख” वा “तिमीहरूले सोच्ने कुरामा होसियार होओ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-idiom]])
1:13 y771 rc://*/ta/man/translate/figs-activepassive τὴν φερομένην ὑμῖν χάριν 1 यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूकहाँ ल्याउनुहुने अनुग्रह” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
1:13 ut69 rc://*/ta/man/translate/figs-metaphor τὴν φερομένην ὑμῖν χάριν 1 यहाँ विश्‍वासीहरूसँग दयापूर्वक व्‍यवहार गर्ने परमेश्‍वरको तरिकालाई यो उहाँले तिनीहरूकहाँ ल्‍याउनुहुने कुनै वस्‍तु भए झैँ गरी लेखिएको छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1:13 l45d rc://*/ta/man/translate/figs-activepassive ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ 1 यसले ख्रीष्‍टको दोस्रो आगमनलाई जनाउँछ । यसलाई कर्तृवाच्‍यको स्‍वरूपमा पनि लेख्‍न सकिन्‍छ । तपाईंले यसलाई [१ पत्रुस १:७](../01/07.md) मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “जब येशू ख्रीष्‍ट सबै मानिसहरूकहाँ देखा पर्नुहुन्‍छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
1:14 e4tb rc://*/ta/man/translate/figs-idiom μὴ συνσχηματιζόμενοι ταῖς & ἐπιθυμίαις 1 “तिनै कुराहरूको इच्छा नगर ।” वैकल्पिक अनुवादः “ती इच्छाहरूलाई सन्तुष्‍ट गर्नको निम्ति नजिओ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-idiom]])
1:16 m1q7 rc://*/ta/man/translate/figs-activepassive διότι γέγραπται 1 यसले धर्मशास्‍त्रमा भएको परमेश्‍वरको सन्देशलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “किनभने जस्‍तो परमेश्‍वरले भन्‍नुभयो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
1:16 s8kz ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιος 1 यहाँ “म” शब्दले परमेश्‍वरलाई जनाउँछ ।
1:17 s6gv rc://*/ta/man/translate/figs-metaphor τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε 1 पत्रुसले आफ्ना पाठकहरूको बारेमा तिनीहरू आफ्नो देशभन्दा टाढा विदेशी भूमिमा बस्‍ने व्यक्तिहरूको रूपमा बताउँछन् । वैकल्पिक अनुवादः “तिमीहरूको साँचो घरबाट टाढा बस्दाखेरीको समयलाई प्रयोग गर” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1:18 q4pc rc://*/ta/man/translate/figs-activepassive ἐλυτρώθητε 1 यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई छुटकारा दिनुभएको छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
1:19 s4jd rc://*/ta/man/translate/figs-metonymy τιμίῳ αἵματι & Χριστοῦ 1 यहाँ “रगत”ले क्रुसमा भएको ख्रीष्‍टको मृत्युलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
1:19 gk6a rc://*/ta/man/translate/figs-simile ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου 1 परमेश्‍वरले मानिसहरूका पाप क्षमा गर्नुभएको होस् भनेर येशू बलिदानको रूपमा मर्नुभयो । वैकल्पिक अनुवादः “यहूदी पूजाहारीहरूले चढाउने खोट वा दागरहित थुमा जस्तै” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-simile]])
1:19 smu8 rc://*/ta/man/translate/figs-doublet ἀμώμου καὶ ἀσπίλου 1 पत्रुसले ख्रीष्‍टको शुद्धतालाई जोड दिनको निम्ति एउटै कुरालाई दुईवटा फरक तरिकाले व्यक्त गर्दछन् । वैकल्‍पिक अनुवादः “असिद्ध कुराहरूले होइन” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublet]])
1:20 msw5 rc://*/ta/man/translate/figs-activepassive προεγνωσμένου 1 यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले ख्रीष्‍टलाई चुन्‍नुभयो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
1:20 ky7a rc://*/ta/man/translate/figs-abstractnouns πρὸ καταβολῆς κόσμου 1 तपाईंले यसलाई क्रियापद भएको वाक्यांशसहित अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले संसारलाई सृष्‍टि गर्नुभन्दा अगाडि” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-abstractnouns]])
1:20 dkk2 rc://*/ta/man/translate/figs-activepassive φανερωθέντος & δι’ ὑμᾶς 1 यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले उहाँलाई तिमीहरूकहाँ प्रकट गर्नुभएको छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
1:20 u7e3 rc://*/ta/man/translate/figs-metaphor φανερωθέντος & δι’ ὑμᾶς 1 पत्रुसले भन्‍ने खोजेको उनका पाठकहरूले वास्तवमै ख्रीष्‍टलाई देखे भन्‍ने होइन, तर तिनीहरूले उहाँको बारेमा भएको सत्यता सिके भन्‍ने हो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1:21 lt5u τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν 1 यहाँ कसैलाई बिउँताउनु भनेको मरिगएको कसैलाई पुनः जीवित हुने तुल्याउने कुरालाई जनाउने अलङ्कार हो । वैकल्‍पिक अनुवादः “जसले उहाँलाई पुनः जीवित हुने तुल्याउनुभयो ताकि उहाँ अरू बढी मृतकहरूको माझमा हुनुभएको नहोस्”
1:21 f7mn rc://*/ta/man/translate/figs-abstractnouns καὶ δόξαν αὐτῷ δόντα 1 “र उहाँलाई महिमित पार्नुभयो” वा “र उहाँ महिमित हुनुहुन्‍छ भनी दर्साउनुभयो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-abstractnouns]])
1:22 luj3 rc://*/ta/man/translate/figs-synecdoche τὰς ψυχὰς ὑμῶν ἡγνικότες 1 यहाँ “प्राण” शब्दले सिङ्गो व्यक्तिलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तिमीहरूले आफैँलाई शुद्ध बनायौ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-synecdoche]])
1:22 hj14 rc://*/ta/man/translate/figs-metaphor ἡγνικότες 1 यहाँ शुद्ध हुने कुराले परमेश्‍वरको अगि स्वीकारयोग्य हुने कुरालाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1:22 qyt5 rc://*/ta/man/translate/figs-abstractnouns ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας 1 तपाईंले यसलाई क्रियापद भएको वाक्यांशसहित अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “सत्यताको आज्ञापालन गरेर” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-abstractnouns]])
1:22 j777 φιλαδελφίαν 1 यसले सङ्गी-विश्‍वासीहरू माझमा भएको प्रेमलाई जनाउँछ ।
1:22 e9wr rc://*/ta/man/translate/figs-metonymy ἐκ & καρδίας, ἀλλήλους ἀγαπήσατε ἐκτενῶς 1 यहाँ “हृदय” भनेको व्यक्तिको सोचाइहरू वा भावनाहरूको लागि प्रतिस्थापन शब्द हो । कसैलाई “हृदयबाट” प्रेम गर्नु भनेको चाहिँ कसैलाई पूर्ण प्रतिबद्धताका साथ पूर्णतया प्रेम गर्नु भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “एक अर्कालाई गहिरो र पूर्ण तरिकाले प्रेम गर” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
1:23 w4v3 rc://*/ta/man/translate/figs-metaphor ἀναγεγεννημένοι, οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλὰ ἀφθάρτου 1 पत्रुसले परमेश्‍वरको वचनलाई निम्‍न सम्भावित अर्थहरूमा कुरा गरेका हुन सक्छन् १) बिरुवाको बिउ झैँ जुन विश्‍वासीहरूमा हुर्कन्छ र नयाँ जीवन उत्पादन गर्छ वा २) पुरुष वा स्‍त्रीभित्र भएका स-साना कोषिकाहरू जस्तै जुन आपसमा जोडिएर स्‍त्रीभित्र एउटा बालकको विकास गराउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1:23 nh9r ἀφθάρτου 1 बिउ जुन कुहिनेछैन वा सुक्‍नेछैन वा मर्नेछैन
1:23 tjq9 rc://*/ta/man/translate/figs-metonymy διὰ λόγου ζῶντος Θεοῦ, καὶ μένοντος 1 पत्रुसले परमेश्‍वरको वचनलाई सधैँ जीवित रहेको कुराको रूपमा बताउँछन् । वास्तवमा, सधैँ रहने परमेश्‍वर हुनुहुन्छ, र उहाँका आज्ञाहरू र प्रतिज्ञाहरू अनन्तसम्म रहन्छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
1:24 kyc5 सामान्य जानकारीः 0 तिनीहरू अविनाशी वीर्यबाट जन्मेका हुन् भनेर उनले भर्खरै गरेका कुरासँग जोड्नलाई यी पदहरूमा पत्रुसले यशैया अगमवक्ताको पुस्तकबाट एउटा खण्‍ड उद्धृत गर्छन् ।
1:24 dr75 rc://*/ta/man/translate/figs-metonymy πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα & αὐτῆς 1 “देह” शब्दले मानवजातिलाई जनाउँछ । यशैया अगमवक्ताले मानिसहरूलाई बढेर तुरुन्तै मरिहाल्ने घाँससँग तुलना गर्छन् । वैकल्पिक अनुवादः “सबै मानिसहरू घाँस मरेजस्तै मर्छन्, र तिनीहरूका सबै” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]] अनि [[rc://ne/ta/man/translate/figs-simile]])
1:24 hd2f rc://*/ta/man/translate/figs-simile δόξα & ὡς ἄνθος χόρτου 1 यहाँ “महिमा” शब्दले सुन्दरता वा असल कुरोलाई जनाउँछ । यशैयाले मानिसहरूले मानवताको बारेमा असल र सुन्दर ठान्‍ने कुराहरूलाई चाँडै मर्ने फुलहरूसँग तुलना गर्छन् । वैकल्पिक अनुवादः “फुलहरू चाँडै मरेजस्तै भलाइ पनि चाँडै बन्द हुन्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-simile]])
1:25 aba2 τὸ & ῥῆμα Κυρίου 1 “प्रभुबाट आउने सन्देश”
1:25 s11j rc://*/ta/man/translate/figs-activepassive τὸ εὐαγγελισθὲν 1 यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीले घोषणा गरेको सुसमाचार” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
2:intro a121 0 # १ पत्रुस ०२ सामान्य टिपोटहरू\n\n## संरचना र ढाँचा\n\nकेही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले २:६, ७, ८, र २२ मा पुरानो करारबाट लिइएको कवितासँग यसै गर्छ ।\n\nकेही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले २:१० मा भएको कवितासँग यसै गर्छ ।\n\n## यस अध्यायमा भएका विशेष अवधारणाहरू\n\n### ढुङ्गाहरू\n\nठूलाठूला ढुङ्गाहरू वा पत्थरहरू प्रयोग गरेर बनाएको कुनै भवनलाई बाइबलले मण्‍डली जनाउने उपमाको रूपमा प्रयोग गर्दछ । येशू कुने ढङ्गो हुनुहुन्‍छ । यो नै सबैभन्‍दा महत्त्वपूर्ण ढुङ्गो हो । प्रेरितहरू र अगमवक्ताहरू चाहिँ जग हो, अर्थात् उक्‍त भवनका एक भाग हो, जसमाथि अरु सबै पत्थरहरू राखिएका हुन्‍छन् । यस अध्‍यायमा, ख्रीष्‍टिएनहरू पत्थरहरू हुन् । तिनीहरूले नै उक्त भवनको भित्ताहरू बन्‍दछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]] अनि [[rc://ne/tw/dict/bible/kt/cornerstone]] अनि [[rc://ne/tw/dict/bible/other/foundation]])\n\n## यस अध्यायमा भएका भाषाका महत्त्वपूर्ण अलङ्कारहरू\n\n### दूध र शिशुहरू\n\nपत्रुसले आफ्‍ना विश्‍वासीहरूलाई “शुद्ध आत्‍मिक दुधको तृष्णा गर” भन्‍छन् । यो कुनै बालकले आफ्‍नो आमाको दुध खाने इच्‍छा उपमा हो । कुनै बालकले आमाको दुधको इच्‍छा गरेँ ख्रीष्‍टिएनहरूले पनि परमेश्‍वरको वचनप्रति इच्‍छा राखून् भन्‍ने पत्रुसको चाहना हो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
2:1 cch5 जोड्ने कथनः 0 पत्रुसले आफ्ना पाठकहरूलाई पवित्रता र आज्ञाकारिताको बारेमा शिक्षा दिने कामलाई निरन्तरता दिन्छन् ।
2:1 g65y rc://*/ta/man/translate/figs-metaphor ἀποθέμενοι οὖν πᾶσαν κακίαν, καὶ πάντα δόλον, καὶ ὑποκρίσεις, καὶ φθόνους, καὶ πάσας καταλαλιάς 1 यी पापपूर्ण कार्यहरूलाई मानिसहरूले फ्याँक्‍न सक्‍ने वस्तुहरूको रूपमा बताइएको छ । यहाँ “त्यसकारण” भन्‍ने शब्दले पत्रुसले पवित्र र आज्ञाकारी हुने सम्बन्धमा अगाडि भनेका सबैकुराहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “त्यसैले, सबै दुष्‍ट कुराहरू, र पाखण्‍डीपन, र ईर्ष्‍या, र सबै निन्दालाई हटाओ” वा “त्यसैले, दुष्‍ट, वा छली, वा पाखण्डी, वा डाह गर्ने, वा र निन्दा गर्ने हुन छोड” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
2:2 y6fv rc://*/ta/man/translate/figs-metaphor ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε 1 पत्रुसले आफ्‍ना पाठकहरू शिशुहरू भए झैँ गरी बताउँछन् । शिशुहरूलाई शुद्ध खानेकुराको आवश्‍यक हुन्छ, जसलाई तिनीहरूले सजिलैसँग पचाउन सक्छन् । त्यसैगरी, विश्‍वासीहरूलाई परमेश्‍वरको वचनबाट शुद्ध आत्मिक शिक्षा चाहिन्छ । वैकल्‍पिक अनुवादः “जसरी शिशुहरूले तिनीहरूका आमाहरूको दूधको तिर्सना गर्छन्, त्यसैगरी तिमीहरूले पनि शुद्ध आत्मिक दूधको तिर्सना गर्नुपर्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
2:2 rm71 ἐπιποθήσατε 1 “असाध्यै चाहनु” वा “तीव्र चाहना गर्नु”
2:2 fn81 rc://*/ta/man/translate/figs-metaphor τὸ λογικὸν ἄδολον γάλα 1 पत्रुसले परमेश्‍वरको वचन चाहिँ बालकहरूलाई हुर्काउने आत्मिक दूध भए झैँ गरेर बताउँछन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
2:2 vg76 rc://*/ta/man/translate/figs-abstractnouns αὐξηθῆτε εἰς σωτηρίαν 1 यहाँ “मुक्ति” शब्दले येशूको आगमनमा परमेश्‍वरले उहाँका जनहरूको मुक्तिलाई पूर्णतामा ल्याउने कामलाई जनाउँछ (हेर्नुहोस् [१ पत्रुस १:५](../01/03.md)) । उनीहरूले बढ्दो तरिकामा कार्यहरू गर्नुपर्‍यो जुन यो मुक्तिसँग सुसंगत थिए । तपाईंले यसलाई क्रियापदसहितको वाक्यांशको साथ अनुवाद गर्न सक्नुहुनेछ । वैकल्पिक अनुवादः “तिमीहरूलाई परमेश्‍वरले पूर्ण रूपमा नबचाएसम्म तिमीहरू आत्मिक रूपले बढ्न सक । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-abstractnouns]] अनि [[rc://ne/ta/man/translate/figs-explicit]])
2:2 ypy6 rc://*/ta/man/translate/figs-metaphor αὐξηθῆτε 1 विश्‍वासीहरू परमेश्‍वरको ज्ञान र उहाँको विश्‍वासयोग्यतामा बढ्ने कामलाई पत्रुसले बढ्दै गरेका बालकहरूको रूपमा व्यक्त गर्छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
2:3 tui9 rc://*/ta/man/translate/figs-metaphor εἰ ἐγεύσασθε ὅτι χρηστὸς ὁ Κύριος 1 चाख्‍नु भन्‍ने शब्दले व्यक्तिगत रूपमा कुनै कुराको अनुभव गर्नु भन्‍ने जनाउँछ । वैकल्‍पिक अनुवादः “यदि तिमीहरूले तिमीहरूप्रति भएको प्रभुको दयाको अनुभव गरेका छौ भने” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
2:4 sa2z rc://*/ta/man/translate/figs-metaphor सामान्य जानकारीः 0 पत्रुसले येशू र विश्‍वासीहरूलाई जीवित ढुङ्गाहरूको रूपमा बताउने एउटा अलङ्कार भन्‍न सुरु गर्छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
2:4 c4lu rc://*/ta/man/translate/figs-metaphor πρὸς ὃν προσερχόμενοι λίθον ζῶντα 1 पत्रुसले येशूलाई भवनमा प्रयोग गरिने पत्थरको रूपमा व्यक्त गर्छन् । वैकल्‍पिक अनुवादः “उहाँकहाँ आओ, जो भवनका पत्थर हुनुहुन्छ; मृत होइन, तर जीवित” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
2:4 ihq2 ὃν & λίθον ζῶντα 1 सम्भावित अर्थहरू हुन् १) “जो जिउँदो पत्थर हुनुहुन्छ” वा २) “जो जीवन दिने पत्थर हुनुहुन्छ ।”
2:4 e8sy rc://*/ta/man/translate/figs-activepassive ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον 1 यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसलाई मानिसहरूले इन्कार गरेका छन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
2:4 a438 rc://*/ta/man/translate/figs-activepassive παρὰ δὲ Θεῷ ἐκλεκτὸν 1 यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तर जसलाई परमेश्‍वरले चुन्‍नुभएको छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
2:5 z11h rc://*/ta/man/translate/figs-metaphor καὶ αὐτοὶ & οἰκοδομεῖσθε, οἶκος πνευματικὸς 1 जसरी पुरानो करारमा मानिसहरूले भवन निर्माण गर्नको निम्ति ढुङ्गाको प्रयोग गर्थे, त्यसरी नै परमेश्‍वरले विश्‍वासीहरूद्वारा आफू बस्‍ने भवनको निर्माण गर्नुहुनेछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
2:5 g33x rc://*/ta/man/translate/figs-simile καὶ αὐτοὶ ὡς λίθοι ζῶντες 1 पत्रुसले आफ्ना पाठकहरूलाई जीवित पत्थरहरूसँग तुलना गर्छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-simile]])
2:5 v3jw rc://*/ta/man/translate/figs-activepassive οἰκοδομεῖσθε, οἶκος πνευματικὸς 1 यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसलाई परमेश्‍वरले आत्मिक भवनमा निर्माण गर्दै हुनुहुन्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
2:5 i4bn rc://*/ta/man/translate/figs-metonymy ἱεράτευμα ἅγιον ἀνενέγκαι πνευματικὰς θυσίας 1 यहाँ पूजाहारीगिरीको पदले आफ्‍नो कर्तव्‍य पूरा गर्ने पूजाहारीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
2:6 ibi1 rc://*/ta/man/translate/figs-metaphor διότι περιέχει ἐν Γραφῇ 1 धर्मशास्‍त्रको बारेमा यो कुनै कुरा राख्‍ने भाँडो भएजस्‍तो गरी भनिएको छ । यस खण्‍डले कोही व्यक्तिले धर्मशास्‍त्रमा पढ्ने शबदहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “धेरै वर्षअगि एक अगमवक्ताले धर्मशास्‍त्रमा यसरी लेखे” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
2:6 q7jx ἰδοὺ 1 “हेर” शब्दले हामीलाई यसपछि आउने आश्‍चर्यजनक जानकारीप्रति ध्यान दिनलाई सचेत गराउँछ ।
2:6 klv2 rc://*/ta/man/translate/figs-explicit λίθον, ἀκρογωνιαῖον ἐκλεκτὸν ἔντιμον 1 त्यस ढुङ्गोलाई चुन्‍ने परमेश्‍वर नै हुनुहुन्छ । वैकल्‍पिक अनुवादः “अति महत्त्वपूर्ण कुने-ढुङ्गो, जसलाई मैले छानेको छु” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])
2:6 xsx8 rc://*/ta/man/translate/figs-metaphor λίθον, ἀκρογωνιαῖον 1 अगमवक्ताले मसिहलाई भवनको सबैभन्दा महत्त्वपूर्ण ढुङ्गोको रूपमा व्यक्त गर्छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
2:7 ze1c जोड्ने कथनः 0 पत्रुसले धर्मशास्‍त्रबाट उद्‌धृत गर्ने कामलाई जारी राख्छन् ।
2:7 uu3j rc://*/ta/man/translate/figs-metaphor λίθος ὃν ἀπεδοκίμασαν & ἐγενήθη εἰς κεφαλὴν γωνίας 1 यो एउटा अलङ्कार हो जसको अर्थ हुन्छ कि मानिसहरूले, निर्माणकर्ताहरूले जस्तै गरेर येशूलाई इन्कार गरे, तर परमेश्‍वरले उहाँलाई भवनको सबैभन्दा महत्त्वपूर्ण ढुङ्गा बनाउनुभएको छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]] अनि [[rc://ne/ta/man/translate/figs-explicit]])
2:7 i4jl rc://*/ta/man/translate/figs-activepassive λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες 1 यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “निर्माणकर्ताहरूले इन्कार गरेको ढुङ्गो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
2:7 ql12 κεφαλὴν γωνίας 1 यसले भवनको सबैभन्दा मूख्य ढुङ्गोलाई जनाउँछ र यसले [१ पत्रुस २:६](../02/06.md) मा लेखिएको कुने-ढुङ्गोको जस्तै अर्थ दिन्छ ।
2:8 ptx5 rc://*/ta/man/translate/figs-explicit λίθος προσκόμματος, καὶ πέτρα σκανδάλου 1 यी दुई वाक्यांशले एउटै अर्थ दिन्छन् । एकसाथमा भएर तिनीहरूले जोड दिन्छन् कि मानिसहरूले यस ढुङ्गासँग रिसाउनेछन्, जुन ढुङ्गाले येशूलाई जनाउँछ । वैकल्पिक अनुवादः “एउटा ढुङ्गा वा चट्टान जसमा मानिसहरूले ठक्‍कर खानेछन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]] अनि [[rc://ne/ta/man/translate/figs-parallelism]] अनि [[rc://ne/ta/man/translate/figs-metaphor]])
2:8 h7ta προσκόπτουσιν τῷ λόγῳ ἀπειθοῦντες 1 यहाँ “वचन” शब्दले सुसमाचारको सन्देशलाई जनाउँछ । उल्लङ्घन गर्नुले तिनीहरूले विश्‍वास गरेनन् भन्‍ने अर्थ दिन्छ । “ठक्‍कर खान्छन् किनकि तिनीहरूले येशूको बारेमा भएको सन्देशलाई विश्‍वास गर्दैनन्”
2:8 sm6s rc://*/ta/man/translate/figs-activepassive εἰς ὃ & ἐτέθησαν 1 यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसको निम्ति परमेश्‍वरले तिनीहरूलाई नियुक्त गर्नुभयो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
2:9 dc8m सामान्य जानकारीः 0 पद १० मा पत्रुसले अगमवक्‍ता होशेको पदलाई उद्‌धृत गर्छन् । केही आधुनिक संस्करणहरूले यसलाई उद्धरणको रूपमा लेखेका छैनन् र त्यो पनि स्वीकारयोग्य छ ।
2:9 zla9 rc://*/ta/man/translate/figs-activepassive γένος ἐκλεκτόν 1 तिनीहरूलाई परमेश्‍वरले तिनीहरूलाई चुन्‍नुभएको हो भनेर पनि स्पष्‍ट पार्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले चुन्‍नुभएका मानिसहरू” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
2:9 g39z βασίλειον ἱεράτευμα 1 सम्भावित अर्थहरू हुन् १) “राजाहरू र पूजाहारीहरूको समूह” वा २) “राजाको सेवा गर्ने पूजाहारीहरूको समूह ।”
2:9 qk7f λαὸς εἰς περιποίησιν 1 “मानिसहरू जो परमेश्‍वरका हुन्”
2:9 ra7z ἐκ & ὑμᾶς καλέσαντος 1 “जसले तिमीहरूलाई बाहिर बोलाउनुभयो”
2:9 nvf5 rc://*/ta/man/translate/figs-metaphor ἐκ σκότους & εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς 1 यहाँ “अन्धकार” शब्दले परमेश्‍वरलाई नचिन्‍ने मानिसहरूको अवस्थालाई जनाउँछ, र “ज्योति” शब्दले परमेश्‍वरलाई चिन्‍ने र धार्मिकताको अभ्यास गर्ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “पाप र परमेश्‍वरलाई नचिन्‍ने जीवनबाट उहाँलाई चिन्‍ने र खुशी पार्ने जीवनतर्फ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
2:11 jnr9 सामान्य जानकारीः 0 पत्रुसले ख्रीष्‍टिएन जीवन कसरी जिउने भन्‍ने सन्दर्भमा कुरा गर्न थाल्छन् ।
2:11 ve9u rc://*/ta/man/translate/figs-doublet παροίκους καὶ παρεπιδήμους 1 यी दुईवटा शब्दले एउटै अर्थ दिन्छन् । पत्रुस आफ्ना पाठकहरूलाई विदेशी भूमिमा बस्‍ने मानिसहरूको रूपमा लिन्छन् । तपाईंले यसलाई [१ पत्रुस १:१](../01/01.md) मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublet]] अनि [[rc://ne/ta/man/translate/figs-metaphor]])
2:11 ubn9 rc://*/ta/man/translate/figs-metaphor ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν 1 शरीरको सम्‍बन्‍धमा भएको विचारले पतन भएको संसारका मानवजातिको पापमय स्‍वभावलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “पापमय इच्‍छाहरूलाई स्‍थान नदिन” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
2:11 x3q5 rc://*/ta/man/translate/figs-metonymy στρατεύονται κατὰ τῆς ψυχῆς 1 “आत्मा” शब्दले कुनै व्यक्तिको आत्मिक जीवनलाई जनाउँछ । पत्रुसले पापमय इच्छाहरूलाई विश्‍वासीहरूको आत्मिक जीवनलाई नष्‍ट गर्न खोज्ने सिपाहीहरूको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “तिमीहरूका आत्मिक जीवन नष्‍ट गर्न खोज्ने” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]] अनि [[rc://ne/ta/man/translate/figs-metaphor]])
2:12 b5nv rc://*/ta/man/translate/figs-abstractnouns τὴν ἀναστροφὴν ὑμῶν & ἔχοντες καλήν 1 भाववाचक नाउँ “व्‍यवहार”लाई क्रियापदको साथमा अनुवाद गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “तिमीहरूले असल व्‍यवहार गर्नुपर्छ” वा “तिमीहरूले असल किसिमले व्‍यवहार गर्नुपर्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-abstractnouns]])
2:12 mkt4 ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς 1 “यदि तिनीहरूले तिमीहरूलाई दोष लगाए भने”
2:12 w3yn rc://*/ta/man/translate/figs-abstractnouns ἐκ τῶν καλῶν ἔργων ἐποπτεύοντες 1 भाववाचक नाउँ “कामहरू”लाई क्रियापदको साथमा अनुवाद गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “तिनीहरूले तिमीहरूले गर्ने असल कुराहरू देख्‍न सकून्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-abstractnouns]])
2:12 s2ji rc://*/ta/man/translate/figs-explicit ἐν ἡμέρᾳ ἐπισκοπῆς 1 “त्यो दिन जब उहाँ आउनुहुन्छ ।” यसले परमेश्‍वरले सबै मानिसहरूलाई न्याय गर्ने दिनलाई जनाउँछ । वैकल्पिक अनुवादः “जब उहाँ सबैको न्याय गर्नको निम्ति आउनुहुन्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])
2:13 c484 διὰ τὸν Κύριον 1 सम्भावित अर्थहरू हुन् १) मानवीय अधिकारको पालना गरेर तिनीहरूले ती अधिकारहरू स्थापित गर्नुहुने परमेश्‍वरको अधिकारको पालना गर्छन् वा २) मानवीय अधिकारको पालना गरेर तिनीहरूले ती अधिकारहरूको पालन गर्नुहुने येशूको आदर गर्छन् ।
2:13 al6q βασιλεῖ ὡς ὑπερέχοντι 1 “सर्वोच्‍च मानवीय अधिकारको रूपमा राजा”
2:14 y1l2 rc://*/ta/man/translate/figs-activepassive δι’ αὐτοῦ πεμπομένοις, εἰς ἐκδίκησιν 1 यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसलाई राजाले सजाय दिनको निम्ति पठाउनुभएको हो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
2:15 mh6s ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν 1 “असल काम गरेर तिनीहरूले नजानेका कुरा गर्ने मूर्ख मानिसहरूलाई चुप लगाउनुपर्छ”
2:16 y9pg rc://*/ta/man/translate/figs-metaphor ὡς ἐπικάλυμμα & τῆς κακίας 1 स्वतन्त्र मानिसहरूको रूपमा भएको तिनीहरूको अवस्थालाई पापपूर्ण व्यवहारलाई लुकाउने कुनै कुराको रूपमा तिनीहरूले प्रयोग गर्नुहुँदैन भनेर पत्रुसले भन्छन् । वैकल्पिक अनुवादः “दुष्‍ट कुराहरू गर्ने बहानाको रूपमा” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
2:17 gwy8 τὴν ἀδελφότητα 1 यसले सबै ख्रीष्‍टिएन विश्‍वासीहरूलाई जनाउँछ ।
2:18 w2nc सामान्य जानकारीः 0 पत्रुस मानिसहरूका घरमा कमारा बसेका व्यक्तिहरूसँग कुराकानी गर्न सुरु गर्छन् ।
2:18 xgk8 rc://*/ta/man/translate/figs-doublet τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν 1 यहाँ “असल” र “भला” शब्दहरूले एउटै अर्थ दिन्छन् र ती मालिकहरूले आफ्ना कमाराहरूलाई दयापूर्ण व्यवहार गर्दछन् भन्‍ने कुरालाई जोड दिन्छन् । वैकल्पिक अनुवादः “निकै दयालु मालिकहरू” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublet]])
2:18 a6gc τοῖς σκολιοῖς 1 “निर्दयीहरू”, “तुच्छहरू”
2:19 r1h1 τοῦτο & χάρις 1 “यो प्रशंसाको लायक छ” वा “यो परमेश्‍वरलाई मनपर्ने कुरो हो”
2:19 zm8e διὰ συνείδησιν Θεοῦ, ὑποφέρει & λύπας 1 सम्भावित अर्थहरू हुन् १) त्यस व्यक्तिले परमेश्‍वरको आज्ञापालन गरेको कारण कष्‍टलाई स्वीकार गर्छ भने वा २) त्यस व्यक्तिले उसले भोगेको कष्‍ट परमेश्‍वरलाई थाहा छ भन्‍ने जानेर अनुचित सजाय भोग्‍न सक्षम हुन्छ ।
2:20 y5ue rc://*/ta/man/translate/figs-rquestion ποῖον γὰρ κλέος, εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε 1 गल्ती गरेको कारण कष्‍ट भोग्‍नुमा प्रशंसनीय कुरा केही पनि छैन भनेर जोड दिनका लागि पावलले यो प्रश्‍न सोध्छन् । वैकल्‍पिक अनुवादः “किनकि ... सजाय पाउँदा ... त्यहाँ कुनै इनाम छैन ।” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-rquestion]])
2:20 pr8b rc://*/ta/man/translate/figs-activepassive κολαφιζόμενοι 1 यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जब कसैले तिमीहरूलाई दण्‍ड दिन्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
2:20 ly9f rc://*/ta/man/translate/figs-activepassive πάσχοντες ὑπομενεῖτε 1 यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कसैले तिमीहरूलाई दण्‍ड दिँदा तिमीहरूले कष्‍ट भोग्छौ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
2:21 c1jn जोड्ने कथनः 0 पत्रुसले मानिसहरूका घरमा कमारा बसेका मानिसहरूसँगको आफ्नो कुराकानीलाई जारी राख्छन्
2:21 xit1 rc://*/ta/man/translate/figs-activepassive εἰς τοῦτο & ἐκλήθητε 1 यहाँ “यसै” शब्दले असल गरेर कष्‍ट भोग्‍ने विश्‍वासीहरूलाई जनाउँछ, जसरी पत्रुसले भर्खर वर्णन गरेका छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई यसो गर्नको निम्ति बोलाउनुभएको छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
2:21 si3l rc://*/ta/man/translate/figs-metaphor ὑμῖν & ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ 1 “तिमीहरूले उहाँका पाइलाहरूलाई पछ्याओ भनेर ।” पत्रुसले मानिसहरूले कष्‍ट भोगेर येशूको उदाहरणलाई पछ्याएको कुरालाई तिनीहरूले येशूको मार्गलाई पछ्याएको कुराको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “ताकि तिमीहरूले उहाँको व्यवहारलाई देखासिकी गर” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
2:22 tyz4 rc://*/ta/man/translate/figs-activepassive οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ 1 यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “नता कसैले उहाँको मुखमा कुनै छल कुरा नै पायो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
2:22 lw1u rc://*/ta/man/translate/figs-metonymy οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ 1 यहाँ शब्द “छल”ले मानिसहरूलाई छल गर्ने मनसायले कुनै व्यक्तिले बोलेको शब्दलाई जनाउँछ । वैकल्पिक अनुवादः “नता उहाँले कुनै झूट बोल्नुभयो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
2:23 lj4a rc://*/ta/man/translate/figs-activepassive ὃς λοιδορούμενος, οὐκ ἀντελοιδόρει 1 “गाली” शब्दले अरू व्यक्तिको बारेमा नराम्ररी बोल्ने कामलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब मानिसहरूले उहाँको अपमान गरे, उहाँले तिनीहरूसँग साटो फेर्नुभएन” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
2:23 gqb5 παρεδίδου & τῷ κρίνοντι δικαίως 1 “उहाँले आफैँलाई उचित न्याय गर्नुहुनेकहाँ दिनुभयो ।” यसको अर्थ यही हो, कि उहाँले आफ्नो शर्मलाई लैजानको निम्ति परमेश्‍वरसँग भरोसा गर्नुभयो, जुन उहाँलाई नराम्रो व्यवहार गर्नेहरूले उहाँलाई दिएका थिए ।
2:24 k5fm जोड्ने कथनः 0 पत्रुस येशू ख्रीष्‍टको बारेमा कुरा गर्दै रहन्छन् । उनी अझ पनि कमाराहरूसँगको आफ्नो कुराकानीलाई निरन्तरता दिन्छन् ।
2:24 k632 rc://*/ta/man/translate/figs-rpronouns ὃς & αὐτὸς 1 यसले जोड दिएर येशूलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-rpronouns]])
2:24 w49m rc://*/ta/man/translate/figs-metonymy τὰς ἁμαρτίας ἡμῶν & ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον 1 यहाँ “हाम्रा पापहरू बोक्‍नुभयो” भन्‍ने कुराको अर्थ उहाँले हाम्रा पापहरूको निम्ति दण्‍ड भोग्‍नुभयो भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “हाम्रा पापहरूको निम्ति उहाँको शरीरमा रूखमा दण्ड भोग्‍नुभयो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
2:24 zl8e rc://*/ta/man/translate/figs-metonymy τὸ ξύλον 1 यसले येशूलाई मर्नुभएको क्रूसलाई जनाउँछ, जुन काठले बनेको थियो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
2:24 ep4s rc://*/ta/man/translate/figs-activepassive οὗ τῷ μώλωπι ἰάθητε 1 यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वले तिमीहरूलाई निको पार्नुभएको छ किनकि मानिसहरूले उहाँलाई चोट दिए” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
2:25 sgt9 rc://*/ta/man/translate/figs-simile ἦτε & ὡς πρόβατα πλανώμενοι 1 पत्रुसले उनका पाठकहरू तिनीहरूले ख्रीष्‍टलाई विश्‍वास गर्नुभन्दा पहिला गन्तव्य बिना यताउता भौँतारदै हिँडेका हराएका भेडाहरू भए झैँ गरेर बताउँछन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-simile]])
2:25 i5lu rc://*/ta/man/translate/figs-metaphor τὸν ποιμένα καὶ ἐπίσκοπον τῶν ψυχῶν ὑμῶν 1 पत्रुसले येशूलाई उहाँ एक गोठालो हुनुभए झैँ गरेर बताउँछन् । जसरी गोठालोले भेडाहरूको रक्षा गर्दछ, येशूले पनि उहाँमाथि भरोसा गर्नेहरूको रक्षा गर्नुहुन्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
3:intro cqf4 0 # १ पत्रुस ०३ सामान्य टिपोटहरू\n\n## संरचना र ढाँचा\n\nकेही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले ३:१०-१२ मा पुरानो करारबाट लिइएको कवितासँग यसै गर्छ ।\n\n## यस अध्यायमा भएका विशेष अवधारणाहरू\n\n### “बाहिरी गरगहनाहरू”\n\nअरू मानिसले आफूलाई मन पराउन् र आफूलाई राम्रा मानिस भनी विचार गरुन् भन्ने धेरै मानिसको इच्‍छा हुन्‍छ । राम्रा लुगा र गहना लगाउन स्‍त्रीहरू विशेष रूपले सचेत हुन्‍छन् । पत्रुस भन्‍छन्,परमेश्‍वरको लागि स्‍त्रीहरू कस्‍ता देखिन्‍छन् भन्‍ने कुराभन्‍दा तिनीहरूले विचार गर्ने, बोल्‍ने र व्‍यवहार गर्ने कुरा बढी महत्त्वपूर्ण हुन्‍छन् ।\n\n### एकता\n\nपत्रुसका पाठकहरू एकआपसमा सहमत होऊन् भन्‍ने इच्‍छा तिनले गरे । अझ महत्त्वपूर्ण कुरा त तिनीहरूले एकअर्कालाई प्रेम गरून् र एकअर्काप्रति धैर्यवान् होऊन् भन्‍ने तिनको चाहान थियो ।\n\n## यस अध्यायमा भएका भाषाका महत्त्वपूर्ण अलङ्कारहरू\n\n### अलङ्कार\n\nपरमेश्वर आँखा, कान र अनुहार भएको कुनै व्‍यक्ति हुनुभए जस्‍तो गरी उहाँको बारेमा वर्णन गर्ने भजनबाट पत्रुसले उद्धरण लिएका छन् । तापनि, परमेश्‍वर आत्‍मा हुनुहुन्‍छ । उहाँका शरीरिक आँखा, कान र अनुहार हुँदैनन् । तर मानिसहरूले गर्ने कुरा उहाँलाई थाहा हुन्‍छ र उहाँले दुष्‍ट मनसिको विरुद्धमा काम गर्नुहुन्‍छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
3:1 p454 सामान्य जानकारीः 0 पत्रुस खासगरी ती स्‍त्रीहरूसँग कुरा गर्न सुरु गर्छन् जो पत्‍नीहरू हुन् ।
3:1 cj7z ὁμοίως, γυναῖκες, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν 1 जसरी विश्‍वासीहरूले “सबै मानवीय अधिकारलाई मान्‍नुपर्छ” ([१ पत्रुस २:१३](../02/13.md)) र कमाराहरू “तिनीहरूका मालिकको अधीनमा बस्‍नुपर्छ” ([१ पत्रुस २:१८](../02/18.md)), त्यसरी नै पत्‍नीहरू पनि तिनीहरूका पतिहरूको अधीनमा बस्‍नुपर्छ । “आज्ञा पालन गर्नु”, “अधीनमा रहनु” वा “सुम्पिनु” शब्दहरूले एउटै अर्थ दिन्छन् ।
3:1 wp5p rc://*/ta/man/translate/figs-metonymy τινες ἀπειθοῦσιν τῷ λόγῳ 1 यहाँ “ वचन” शब्दले सुसमाचारको सन्देशलाई जनाउँछ । आज्ञाकारी नहुनु भन्‍नाले विश्‍वास नगर्नु भन्‍ने बुझिन्छ । तपाईंले यसलाई [१ पत्रुस २:८](../02/08.md) मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “केही मानिसहरूले येशूको बारेमा भएको सन्देशमा विश्‍वास गर्दैनन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
3:1 bs56 rc://*/ta/man/translate/figs-idiom κερδηθήσονται 1 “तिनीहरूलाई ख्रीष्‍टमा विश्‍वास गर्ने बनाउन सकिन्छ ।” यसको अर्थ हुन्छ, कि विश्‍वास नगर्ने पतिहरू विश्‍वासी हुनेछन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू विश्‍वासी बनून्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-idiom]] अनि [[rc://ne/ta/man/translate/figs-activepassive]])
3:1 qp4q rc://*/ta/man/translate/figs-ellipsis ἄνευ λόγου 1 “पत्‍नीले केही नबोलिकनै ।” यहाँ, “वचन”ले पत्‍नीले येशूको बारेमा भन्‍न सक्‍ने कुनै पनि कुरालाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-ellipsis]])
3:2 zft4 rc://*/ta/man/translate/figs-abstractnouns ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν 1 यहाँ भाववाचक नाउँ “आचरण”लाई क्रियापदले अनुवाद गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “तिमीहरूले इमानदारिता र आदरसाथ व्‍यवहार गरेको तिनीहरूले देखेका हुनेछन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-abstractnouns]])
3:2 ng3s τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν 1 सम्भावित अर्थहरू हुन् १) “तिनीहरूप्रतिको तिमीहरूको शुद्ध व्यवहार र तिमीहरूले तिनीहरूलाई गरेको सम्मान” वा २) “तिनीहरूप्रतिको तिमीहरूको शुद्ध व्यवहार र तिमीहरूले परमेश्‍वरलाई गरेको आदर ।”
3:3 p1bg जोड्ने कथनः 0 पत्रुस ती स्‍त्रीहरूसँग कुरा गर्नलाई निरन्तरता दिन्छन् जो पत्‍नीहरू हुन् ।
3:3 z9xx ἔστω 1 “यसो” शब्दले आफ्ना पतिहरूप्रति पत्‍नीहरूको समर्पणलाई र व्यवहारलाई जनाउँछ ।
3:4 l2yq rc://*/ta/man/translate/figs-metonymy ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος 1 यहाँ “भित्री व्यक्ति” र “हृदय” शब्दहरूले व्यक्तिको भित्री स्वभाव र व्यक्तित्वलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तिमीहरू भित्री रूपमा जस्ता छौ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]] (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublet]])
3:4 gbw9 τοῦ πραέως καὶ ἡσυχίου πνεύματος 1 “भलो र शान्त प्रवृत्ति ।” यहाँ “शान्‍त” शब्‍दको अर्थ “शान्‍तमय” वा अविचलित” हुन्‍छ । यहाँ “आत्मा” शब्दले कुनै व्यक्तिको व्यवहार वा मिजासलाई जनाउँछ ।
3:4 j5bu rc://*/ta/man/translate/figs-metaphor ὅ ἐστιν ἐνώπιον τοῦ Θεοῦ πολυτελές 1 कुनै व्‍यक्तिका बारेमा परमेश्‍वरको विचारलाई पत्रुसले त्‍यो व्‍यक्ति प्रत्‍यक्ष रूपले उहाँको सामु खडा भएको जस्‍तो भनेका छन् । वैकल्‍पिक अनुवादः “जुन कुरालाई परमेश्‍वरले मूल्यवान् ठान्‍नुहुन्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
3:6 j1tp κύριον, αὐτὸν καλοῦσα 1 तिनलाई आफ्नो स्वामी अर्थात् मालिक भन्थिन्
3:6 t3xl rc://*/ta/man/translate/figs-metaphor ἧς ἐγενήθητε τέκνα 1 पत्रुसले साराले जस्तै व्यवहार गर्ने विश्‍वासी स्‍त्रीहरू तिनकै आफ्ना छोरीहरूसरह हुनेछन् भन्छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
3:7 lbc2 सामान्य जानकारीः 0 पत्रुसले खासगरी ती मानिसहरूसँग कुरा गर्छन् जो पतिहरू हुन् ।
3:7 f5ay ὁμοίως 1 यसले [१ पत्रुस ३:५](./05.md) र [1 Peter 3:6](../03/05.md) मा सारा र अरू ईश्‍वरभक्त महिलाहरूले कसरी आफ्ना पतिहरूको आज्ञा पालन गरे भन्‍ने कुरालाई बताउँदछ ।
3:7 eq1z rc://*/ta/man/translate/figs-metaphor συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ 1 पत्रुसले स्‍त्रीहरूलाई भाँडाहरूको रूपमा वर्णन गरेका छन्, जसरी कहिलेकाहीं पुरुषहरूका बारेमा पनि भनिन्छ । भाववाचक नाउँ “बुझाइ”लाई क्रियापदका रूपमा पनि अनुवाद गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “पत्नीहरूलाई कमजोर साझेदार हुन् भनी बुझेर” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]] अनि [[rc://ne/ta/man/translate/figs-abstractnouns]])
3:7 a88w rc://*/ta/man/translate/figs-abstractnouns ἀπονέμοντες τιμήν ὡς & συνκληρονόμοις χάριτος ζωῆς 1 तपाईंले यसलाई क्रियापद भएका वाक्यांशहरूसहित अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरूलाई आदर गर किनभने तिनीहरूले पनि अनुग्रहद्वारा परमेश्‍वरले दिनुहुने अनन्‍त जीवन प्राप्‍त गर्नेछन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-abstractnouns]])
3:7 n4rf rc://*/ta/man/translate/figs-metaphor συνκληρονόμοις χάριτος ζωῆς 1 अनन्‍त जीवन मानिसहरूले अधिकार गर्न सक्‍ने उत्तराधिकार हो जस्‍तो गरी भनिएको छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
3:7 dv7t rc://*/ta/man/translate/figs-explicit εἰς τὸ 1 यहाँ “यसो” शब्दले पतिले पत्‍नीलाई गर्ने व्यवहारलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तिमीहरूका पत्‍नीहरूसँग यसरी बस” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])
3:7 dwm6 rc://*/ta/man/translate/figs-activepassive εἰς τὸ μὴ ἐνκόπτεσθαι τὰς προσευχὰς ὑμῶν 1 “अवरोध” गर्नुले कुनै कुरा हुनबाट रोक्‍नु भन्‍ने बुझाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “ताकि तिमीहरूको प्रार्थनालाई केही कुराले पनि बाधा नदेओस्” वा “ताकि तिमीहरूले जसरी प्रार्थना गर्नुपर्ने हो, सो गर्नलाई केहीले पनि नरोकोस्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
3:8 nk97 सामान्य जानकारीः 0 पत्रुस फेरि पनि सबै विश्‍वासीहरूसँग कुरा गर्न सुरु गर्छन् ।
3:8 f5y7 ὁμόφρονες 1 “एउटै विचारका होओ” वा “एकै प्रवृत्ति भएका होओ”
3:8 rut5 εὔσπλαγχνοι 1 अरूहरूप्रति कोमल र दयालु हुने
3:9 z5u3 rc://*/ta/man/translate/figs-metaphor μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ, ἢ λοιδορίαν ἀντὶ λοιδορίας 1 पत्रुसले अन्य व्यक्तिले गरेका क्रियाकलापहरूप्रति गरिने प्रतिक्रियालाई ती क्रियाकलापहरूको बदला तिरेको कुराको रूपमा व्यक्त गर्दछन् । वैकल्‍पिक अनुवादः “तिमीहरूलाई खराबी गर्नेहरूको बदला नलेओ वा तिमीहरूको अपमान गर्नेको अपमान नगर” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
3:9 t6il rc://*/ta/man/translate/figs-explicit εὐλογοῦντες 1 तपाईंले आशिष्‌को वस्तुलाई स्पष्‍ट पार्न सक्नुहुन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूको खराबी गर्नेलाई वा अपमान गर्नेलाई निरन्तर आशिष् देओ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])
3:9 w5df rc://*/ta/man/translate/figs-activepassive εἰς τοῦτο ἐκλήθητε 1 यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई यसैको निम्ति बोलाउनुभयो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
3:9 n3xc rc://*/ta/man/translate/figs-metaphor ἵνα εὐλογίαν κληρονομήσητε 1 परमेश्‍वरको आशिष्‌ ग्रहण गर्ने कामलाई पत्रुसले उत्तराधिकार ग्रहण गर्ने कुराको रूपमा व्यक्त गर्छन् । वैकल्‍पिक अनुवादः “ताकि तिमीहरूले स्थायी सम्पत्तिको रूपमा परमेश्‍वरको आशिष् प्राप्‍त गर” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
3:10 dpf2 rc://*/ta/man/translate/figs-explicit सामान्य जानकारीः 0 यी पदहरू पत्रुसले भजनसंग्रहबाट उद्‌धृत गरेका हुन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])
3:10 p9bl rc://*/ta/man/translate/figs-parallelism ζωὴν ἀγαπᾶν, καὶ ἰδεῖν ἡμέρας ἀγαθὰς 1 यी दुईवटै वाक्यांशले एउटै अर्थ दिन्छन् र असल जीवन पाउने चाहना व्यक्त गर्दछन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-parallelism]])
3:10 t5en rc://*/ta/man/translate/figs-metaphor ἰδεῖν ἡμέρας ἀγαθὰς 1 यहाँ असल कुराहरू अनुभव गर्ने कुरालाई असल थोकहरू देख्‍ने कुरा भए झैँ गरी बताइएको छ । “दिनहरू” शब्दले कुनै व्यक्तिको जीवनकाललाई जनाउँछ । वैकल्‍पिक अनुवादः “जीवनकालमा असल कुराहरूको अनुभव गर्नु” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]] अनि [[rc://ne/ta/man/translate/figs-metonymy]])
3:10 wq2b rc://*/ta/man/translate/figs-parallelism παυσάτω τὴν γλῶσσαν ἀπὸ κακοῦ, καὶ χείλη τοῦ μὴ λαλῆσαι δόλον 1 “जिब्रो” र “ओठ”ले बोल्ने व्यक्तिलाई जनाउँछ । यी दुईवटै वाक्यांशले एउटै अर्थ दिन्छन् र झूट नबोल्ने आज्ञालाई जोड दिन्छन् । वैकल्‍पिक अनुवादः “खराब र छल कुराहरू बोल्न छोड” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-parallelism]] अनि [[rc://ne/ta/man/translate/figs-synecdoche]])
3:11 n5sr rc://*/ta/man/translate/figs-metaphor ἐκκλινάτω & ἀπὸ κακοῦ 1 यहाँ “फर्कनु” भनेको एउटा अलङ्कार हो जसको अर्थ केही कुरा गर्न छोड्नु भन्‍ने हुन्छ । वैकल्‍पिक अनुवादः “उसले खराब काम गर्न छोडोस्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
3:12 yn5l rc://*/ta/man/translate/figs-synecdoche ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους 1 यहाँ “आँखा” शब्दले कुराहरू थाहा पाउने प्रभुको क्षमतालाई जनाउँछ । धर्मीहरूप्रति प्रभुको मन्जुरीलाई तिनीहरूलाई उहाँले देखेको कुराको रूपमा व्यक्त गरिएको छ । वैकल्पिक अनुवादः “प्रभुले धर्मी जनहरूलाई देख्‍नुहुन्छ” वा “प्रभुले धर्मी जनलाई मन्जुर गर्नुहुन्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-synecdoche]] अनि [[rc://ne/ta/man/translate/figs-metaphor]])
3:12 r5xf rc://*/ta/man/translate/figs-synecdoche ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν 1 “कानहरू” शब्दले मानिसहरूले भनेका कुराहरू प्रभुलाई थाहा छ भन्‍ने कुरालाई जनाउँछ । प्रभुले तिनीहरूका निवेदनहरू सुन्‍नुहुन्छ भन्‍ने कुराले उहाँले तिनीहरूलाई जवाफ पनि दिनुहुन्छ भन्‍ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “उहाँले तिनीहरूको निवेदन सुन्‍नुहुन्छ” वा “उहाँले तिनीहरूको निवेदन स्वीकार गर्नुहुन्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-synecdoche]] अनि [[rc://ne/ta/man/translate/figs-explicit]])
3:12 t22b rc://*/ta/man/translate/figs-synecdoche πρόσωπον & Κυρίου ἐπὶ 1 “मुहार” शब्‍दले आफ्ना शत्रुहरूको विरोध गर्ने प्रभुको इच्छालाई जनाउँछ । कसैको विरोध गर्ने कुरालाई त्यस व्यक्तिको विरुद्ध मुहार देखाउने भनेर जनाइएको छ । वैकल्पिक अनुवादः “प्रभुले विरोध गर्नुहुन्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-synecdoche]] अनि [[rc://ne/ta/man/translate/figs-metaphor]])
3:13 wkw4 जोड्ने कथनः 0 विश्‍वासीहरूले ख्रीष्‍टिएन जीवन कसरी जिउनुपर्छ भन्‍ने शिक्षालाई पत्रुसले जारी राख्छन् ।
3:13 e1ma rc://*/ta/man/translate/figs-rquestion τίς ὁ κακώσων ὑμᾶς, ἐὰν τοῦ ἀγαθοῦ ζηλωταὶ γένησθε 1 तिनीहरूले असल कुराहरू गर्दै छन् भने तिनीहरूलाई कसैले हानि गर्ने कुरा सम्भाव्य छैन भनेर जोड दिनका निम्ति पत्रुसले यो प्रश्‍न सोध्छन् । वैकल्पिक अनुवादः “यदि तिमीहरूले असल कुराहरू गर्दै छौ भने कसैले पनि तिमीहरूको हानि गर्नेछैन ।” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-rquestion]])
3:14 f6ch rc://*/ta/man/translate/figs-abstractnouns πάσχοιτε διὰ δικαιοσύνην 1 तपाईंले यसलाई क्रियापद भएको वाक्यांशसहित अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “सहन्छौ किनभने तिमीहरू जे असल छ सो गर्छौ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-abstractnouns]])
3:14 xg3m rc://*/ta/man/translate/figs-activepassive μακάριοι 1 यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुहुनेछ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
3:14 f9u8 rc://*/ta/man/translate/figs-parallelism τὸν δὲ φόβον αὐτῶν, μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε 1 यी दुईवटै वाक्यांशले एउटै अर्थ दिन्छन् र विश्‍वासीहरू तिनीहरूलाई सताउनेहरूदेखि डराउनुहुन्‍न भन्‍ने कुरामा जोड दिन्छन् । वैकल्‍पिक अनुवादः “मानिसहरूले तिमीहरूलाई गर्ने कुरादेखि नडराओ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-parallelism]])
3:14 yz6y τὸν δὲ φόβον αὐτῶν 1 यहाँ “तिनीहरू” शब्दले पत्रुसले पत्र लेखिरहेका मानिसहरूलाई हानि गर्न कोसिस गर्ने मानिसहरूलाई जनाउँछ ।
3:15 ju58 δὲ & ἁγιάσατε 1 “विचलित हुनुको साटोमा, अलग राख”
3:15 vgv7 rc://*/ta/man/translate/figs-metaphor Κύριον & τὸν Χριστὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν 1 “प्रभु ख्रीष्‍ट पवित्र मानेर ... ” भन्‍ने वाक्यांशले ख्रीष्‍टको पवित्रताको स्वीकारोक्तिलाई जनाउँछ । यहाँ “हृदय” भनेको “भित्री व्यक्ति”को लागि प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “प्रभु ख्रीष्‍ट पवित्र हुनुहुन्छ भनेर तिमीहरू आफैँभित्र स्वीकार गर” वा “प्रभु ख्रीष्‍टलाई तिमीहरू आफैँभित्र पवित्र भनी सम्‍मान गर” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]] अनि [[rc://ne/ta/man/translate/figs-metonymy]])
3:18 me4u जोड्ने कथनः 0 पत्रुसले ख्रीष्‍टले कसरी कष्‍ट भोग्‍नुभयो र उक्त कष्‍टबाट ख्रीष्‍टले के कुरा प्राप्‍त गर्नुभयो भन्‍ने कुरालाई व्याख्या गर्छन् ।
3:18 g1xd rc://*/ta/man/translate/figs-metaphor ἵνα ὑμᾶς προσαγάγῃ τῷ Θεῷ 1 पत्रुसले यहाँ परमेश्‍वर र हाम्रा बीचमा घनिष्‍ठ सम्बन्ध निर्माणको निम्ति ख्रीष्‍ट हाम्रा लागि मर्नुभयो भन्‍ने जनाउन खोजेका हुन सक्छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
3:18 j5lh rc://*/ta/man/translate/figs-metaphor θανατωθεὶς & σαρκὶ 1 यहाँ शब्द “शरीर”ले ख्रीष्‍टको शरीरलाई जनाउँछ; ख्रीष्‍टलाई शारीरिक रूपमा क्रूसमा चढाइएको थियो । यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले ख्रीष्‍टलाई शारीरिक रूपमा मारे” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]] अनि [[rc://ne/ta/man/translate/figs-activepassive]])
3:18 h6v4 rc://*/ta/man/translate/figs-activepassive ζῳοποιηθεὶς & Πνεύματι 1 यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “आत्माले उहाँलाई जीवित पार्नुभयो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
3:18 n7nh Πνεύματι 1 सम्भावित अर्थहरू हुन् १) पवित्र आत्माको शक्तिद्वारा वा २) आत्मिक अस्तित्वमा ।
3:19 hp82 ἐν ᾧ & πορευθεὶς 1 सम्भावित अर्थहरू हुन् १) “पवित्र आत्माको शक्तिद्वारा, उहाँ जानुभयो” वा २) “उहाँको आत्मिक अस्तित्वमा, उहाँ जानुभयो ।”
3:19 ez3d τοῖς ἐν φυλακῇ πνεύμασιν 1 “आत्माहरू” शब्दका सम्भावित अर्थहरू हुन् १) “दुष्‍ट आत्माहरू” वा २) “मरेका मानिसहरूका आत्माहरू ।”
3:20 s7qm rc://*/ta/man/translate/figs-personification ὅτε ἀπεξεδέχετο ἡ τοῦ Θεοῦ μακροθυμία 1 “धैर्य” शब्दले परमेश्‍वर स्वयंलाई नै जनाउने प्रतिस्थापन शब्द हो । पत्रुसले परमेश्‍वरको धैर्यलाई कुनै व्यक्तिको रूपमा व्यक्त गर्छन् । वैकल्‍पिक अनुवादः “जब परमेश्‍वरले धैर्य गरेर पर्खिरहनुभएको थियो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-personification]] अनि [[rc://ne/ta/man/translate/figs-metonymy]])
3:20 c6mi rc://*/ta/man/translate/figs-activepassive ἐν ἡμέραις Νῶε, κατασκευαζομένης κιβωτοῦ 1 यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “नोआको समयमा जब तिनले जहाज बनाउँदै थिए” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
3:21 jti3 δι’ ἀναστάσεως Ἰησοῦ Χριστοῦ 1 “येशू ख्रीष्‍टको पुनरुत्थानको कारण ।” यो वाक्यांशले “यो अहिले तिमीहरूलाई बचाउने बप्‍तिस्माको एउटा सङ्केत हो” भन्‍ने विचारलाई पूरा गर्छ ।
3:22 g4qh rc://*/ta/man/translate/figs-metonymy ὅς ἐστιν ἐν δεξιᾷ Θεοῦ 1 “परमेश्‍वरको दाहिने हात”पट्टि हुनु भनेको परमेश्‍वरले येशूलाई अरूहरू सबैमाथि सबैभन्दा महान् सम्‍मान र अधिकार दिनुभएको छ भन्‍ने सङ्केत हो । वैकल्पिक अनुवादः “ख्रीष्‍ट चाहिँ परमेश्‍वरको छेउमा सम्‍मान र अधिकारको स्थानमा हुनुहुन्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
3:22 f6jq ὑποταγέντων αὐτῷ 1 “येशू ख्रीष्‍टलाई सुम्प”
4:intro zh5n 0 # १ पत्रुस ०४ सामान्य टिपोटहरू\n\n## संरचना र ढाँचा\n\nकेही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले ४:१८ मा पुरानो करारबाट उद्‌धृत गरेर ल्याइएको कवितासँग यसै गर्छ ।\n\n## यस अध्यायमा भएका विशेष अवधारणाहरू\n\n### ईश्‍वरहीन अन्यजातिहरू\n\nसबै अधार्मिक मानिसलाई सङ्केत गर्नका लागि यो खण्‍डले “अन्‍यजाति” शब्‍द प्रयोग गरेको छ । तिनीहरू यहूदीहरू होइनन् । यसले ख्रीष्‍टिएन भएका अन्‍यजातिलाई जनाउँदैन । अधार्मिक अन्‍यजातिहरूका कार्यहरूलाई, “कामुकता, कुवासना, मद्यपान, मोजमज्‍जा, असभ्‍य भोजहरू अनि घृणित मूर्तिपूजाहरू” जस्‍ता विशेषताले चित्रण गरिएको छ । (हेर्नुहोस्ः [[rc://ne/tw/dict/bible/kt/godly]])\n\n### शहीद हुने कुरा\nआफ्नो विश्‍वासको खातिर ठूलो सतावटको अनुभव गरिरहेका र मृत्‍युको सामना गरिरहेका धेरै ख्रीष्‍टिएनहरूसँग पत्रुसले कुरा गर्दै छन् ।\n\n## यस अध्यायमा भएका अन्य सम्भावित कठिनाइहरू\n\n### “त्यसलाई ... देओ” र “कसैलाई ... नदेओ” र “उसलाई ... देओ” र “तिनीहरूलाई ... देओ”\n\nआफ्ना पाठकहरूले के गरून् भन्‍ने पत्रुसको इच्‍छा छ, त्‍यो कुरा भन्‍नका लागि तिनले यी वाक्‍यांशहरूको प्रयोग गरेका छन् । ती आज्ञाहरू जस्‍तै छन्, किनभने तिनका पाठकहरूले ती पालन गरून् भन्‍ने तिनको इच्‍छा छ । तर अरू सबै मानिसले जे गरून् भन्‍ने तिनको इच्‍छा छ, त्‍यो कुरा तिनले कुनै एक व्‍यक्तिलाई भने झैँ गरी लेखेका छन् ।
4:1 b8d4 जोड्ने कथनः 0 पत्रुसले विश्‍वासीहरूलाई ख्रीष्‍टिएन जीवनको बारेमा निरन्तर शिक्षा दिन्छन् । उनले ख्रीष्‍टको कष्‍टको बारेमा अगिल्लो अध्यायको विचारलाई निष्‍कर्ष दिएर यसको सुरुवात गर्छन् ।
4:1 ess6 σαρκὶ 1 “उहाँको शरीरमा”
4:1 p2rv rc://*/ta/man/translate/figs-metaphor ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε 1 “धारण गर” भन्‍ने वाक्यांशले लडाइँको लागि आफ्‍ना हतियारहरू तयार गर्ने सिपाहीहरूको विषयमा पाठकहरूलाई सोच्‍ने बनाउँछ । यसले “त्यस्तै उद्देश्य” लाई हतियारको रूपमा वा शायद कुनै किसिमको शस्‍त्रको रूपमा पनि प्रस्तुत गर्दछ । यहाँ यो रूपकले विश्‍वासीहरू पनि येशूले जस्तै दुःख भोग्‍नको निम्ति तयार हुनुपर्छ भनेर जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूले पनि आफैँलाई ख्रीष्‍टसँग भएको जस्तै विचारहरूको साथमा तयार गर” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
4:1 vjw2 σαρκὶ 1 यहाँ “शरीर”को अर्थ देह हुन्छ । वैकल्‍पिक अनुवादः “उहाँको शरीरमा” वा “यहाँ पृथ्‍वीमा हुँदा”
4:1 d66g πέπαυται ἁμαρτίας 1 “पाप गर्न छाडेको छ”
4:2 gbb6 ἀνθρώπων ἐπιθυμίαις 1 पापमय मानिसहरूले सामान्यतया इच्छा गर्ने कुराहरूको लागि
4:3 rp5p κώμοις, πότοις 1 यसले मानिसहरू भेला भएर धेरै मात्रामा रक्सी खाएर असभ्य व्यवहार गर्ने कामलाई जनाउँछ ।
4:4 q6k6 τῆς ἀσωτίας ἀνάχυσιν 1 जङ्गली र असीमित पापका बारेमा यी उदाहरणहरूलाई ती मानिसहरूलाई बगाएर लैजाने पानीको ठूलो बाढी भए झैँ गरी भनिएको छ ।
4:4 w1d8 τῆς ἀσωτίας 1 तिनीहरूका शरीरहरूका चाहनाहरूलाई तृप्‍त बनाउन तिनीहरूले सक्‍ने सबैकुरा गर्दै
4:5 xw39 τῷ ἑτοίμως ἔχοντι κρῖναι 1 सम्भावित अर्थहरू हुन् १) “न्याय गर्नलाई तयार हुनुभएका परमेश्‍वर” वा २) “न्याय गर्नलाई तयार हुनुभएका ख्रीष्‍ट”
4:5 dx7v rc://*/ta/man/translate/figs-merism ζῶντας καὶ νεκρούς 1 यसले मृतक र जीवित सबै मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “हरेक व्यक्ति” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-merism]])
4:6 u54m καὶ νεκροῖς εὐηγγελίσθη 1 सम्भावित अर्थहरू हुन् १) “सुसमाचार पहिल्यै मरेकाहरूलाई पनि सुनाइएको थियो” वा २) “सुसमाचार पहिले जीवित भएका र अहिले मरिसकेकाहरूलाई पनि सुनाइएको थियो”
4:6 ql11 rc://*/ta/man/translate/figs-activepassive εὐηγγελίσθη 1 यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) ख्रीष्‍टले प्रचार गर्नुभयो । वैकल्‍पिक अनुवादः “ख्रीष्‍टले सुसमाचार प्रचार गर्नुभयो” वा २) मानिसहरूले प्रचार गरे । वैकल्पिक अनुवादः “मानिसहरूले सुसमाचार प्रचार गरे” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
4:6 hsg6 rc://*/ta/man/translate/figs-activepassive κριθῶσι & κατὰ ἀνθρώπους σαρκὶ 1 यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) परमेश्‍वरले तिनीहरूलाई यही पृथ्वीमा यसै जीवनमा न्याय गर्नुभयो । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिनीहरूको शरीरमा मानिसहरूको रूपमा न्याय गर्नुभयो” वा २) मानिसहरूले तिनीहरूलाई मानवीय मापनअनुसार न्याय गरे । वैकल्पिक अनुवादः “मानिसहरूले तिनीहरूको शरीरमा मानिसहरूको रूपमा न्याय गरे” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
4:6 s72f rc://*/ta/man/translate/figs-euphemism κριθῶσι & κατὰ ἀνθρώπους σαρκὶ 1 यसले मृत्युलाई अन्तिम न्यायको रूपमा जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-euphemism]])
4:6 h154 ζῶσι & κατὰ Θεὸν πνεύματι 1 सम्भावित अर्थहरू हुन् १) “परमेश्‍वर जसरी नै आत्मिक तवरले जिउनु किनकि पवित्र आत्माले तिनीहरूलाई यसो गर्नको निम्ति सक्षम तुल्याउनुहुनेछ” वा २) “पवित्र आत्माको शक्तिद्वारा परमेश्‍वरको स्तरअनुसार जिउनु”
4:7 e445 πάντων & τὸ τέλος 1 यसले ख्रीष्‍टको दोस्रो आगमनमा हुने संसारको अन्त्यलाई जनाउँछ ।
4:7 qs1t rc://*/ta/man/translate/figs-metaphor ἤγγικεν 1 चाँडै नै हुन आउने अन्‍यको समयका बारेमा यो भौतिक रूपले नजिकको दूरीमा आए झैँ गरी भनिएको छ । वैकल्‍पिक अनुवादः “चाँडै हुनेछ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
4:7 ubd4 rc://*/ta/man/translate/figs-parallelism σωφρονήσατε & καὶ νήψατε 1 यी दुईवटै वाक्यांशले एउटै अर्थ दिन्छन् । पत्रुसले यस संसारको अन्त्य आइरहेको हुनाले जीवनको बारेमा स्पष्‍ट रूपले सोच्‍नुपर्ने तिनीहरूको आवश्यकतालाई जोड दिनका लागि तिनीहरूको प्रयोग गर्छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-parallelism]])
4:7 k5hh rc://*/ta/man/translate/figs-idiom νήψατε 1 यहाँ “ठीक ठाउँमा” भन्‍नाले दिमागको स्‍पष्टता र सचेततालाई सङ्केत गर्दछ । तपाईंले यसलाई [१ पत्रुस १:१३](../01/13.md) मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “आफ्‍ना विचारहरूलाई नियन्त्रण गर” वा “तिमीहरूले के सोच्‍छौ भनेर सचेत होओ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-idiom]])
4:8 x6ac πρὸ πάντων 1 “सबैभन्दा महत्त्वपूर्ण”
4:8 f1lr rc://*/ta/man/translate/figs-personification ὅτι ἀγάπη καλύψει πλῆθος ἁμαρτιῶν 1 “प्रेम” कुनै व्‍यक्ति हो र उसले अरू व्‍यक्तिका पापमाथि ढक्‍कन राखेर ढाकिदिन्‍छ भने झैँ गरी पत्रुसले स्‍पष्‍ट पार्दछन् । सम्भावित अर्थहरू हुन् १) “किनकि प्रेम गर्ने मानिसले अरू मानिसले गरेको पापलाई पत्ता लगाउन कोसिस गर्दैन” वा २) “किनकि प्रेम गर्ने मानिसले अरू मानिसका पाप धेरै भए तापनि उसलाई क्षमा दिन्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-personification]] अनि [[rc://ne/ta/man/translate/figs-metaphor]])
4:9 g3vw φιλόξενοι 1 पाहुना र बटुवाहरूलाई दया देखाओ र स्वागत गर
4:10 xvj3 rc://*/ta/man/translate/figs-explicit ἕκαστος καθὼς ἔλαβεν χάρισμα 1 यसले विश्‍वासीहरूलाई परमेश्‍वरले दिनुभएका विशेष आत्मिक क्षमताहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “किनभने तिमीहरू हरेकले विशेष किसिमका आत्मिक क्षमताहरू परमेश्‍वरबाट वरदानको रूपमा पाएका छौ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])
4:11 ir6x rc://*/ta/man/translate/figs-activepassive ἵνα ἐν πᾶσιν δοξάζηται ὁ Θεὸς 1 यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “ताकि सबै कुराद्वारा तिमीहरूले परमेश्‍वरको महिमा गर” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
4:11 wq9e δοξάζηται 1 प्रशंसित, सम्‍मान गरिएको
4:12 vw9s rc://*/ta/man/translate/figs-metaphor τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ 1 जसरी आगोले सुनलाई खार्छ, त्यसरी नै कष्‍टहरूले मानिसहरूको विश्‍वासलाई जाँच्ने र खार्ने काम गर्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
4:13 rgb5 rc://*/ta/man/translate/figs-doublet χαρῆτε ἀγαλλιώμενοι 1 यी दुईवटै वाक्यांशहरूले एउटै अर्थ दिन्छन् र आनन्दको तीव्रतालाई जोड दिन्छन् । वैकल्‍पिक अनुवादः “अझ बढी आनन्द मनाओ” वा “धेरै खुशी होओ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublet]])
4:13 mhj1 ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ 1 “जब परमेश्‍वरले ख्रीष्‍टको महिमा प्रकट गर्नुहुन्छ”
4:14 i6ul rc://*/ta/man/translate/figs-activepassive εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ 1 यहाँ “नाउँ” शब्दले ख्रीष्‍ट स्वयंलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यदि तिमीहरूले ख्रीष्‍टमा विश्‍वास गरेको कारण मानिसहरूले तिमीहरूको अपमान गरे भने” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]] अनि [[rc://ne/ta/man/translate/figs-metonymy]])
4:14 i1kq rc://*/ta/man/translate/figs-parallelism τὸ τῆς δόξης καὶ τὸ τοῦ Θεοῦ Πνεῦμα 1 यी दुवैले पवित्र आत्मालाई जनाउँछन् । वैकल्पिक अनुवादः “महिमाका आत्मा जो परमेश्‍वरका आत्मा हुनुहुन्छ” वा “परमेश्‍वरको महिमामयआत्मा” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-parallelism]])
4:14 nx6p ἐφ’ ὑμᾶς ἀναπαύεται 1 तिमीहरूसँग बस्‍दै हुनुहुन्छ
4:15 nr6n ἀλλοτριεπίσκοπος 1 यसले बिना अधिकार अरू कसैको काममा हात हाल्ने व्यक्तिलाई जनाउँछ ।
4:16 xm8z ἐν τῷ ὀνόματι τούτῳ 1 “किनकि उसले ख्रीष्‍टको नाम धारण गर्छ” वा “किनकि मानिसहरूले उसलाई ख्रीष्‍टिएनको रूपमा चिनेका छन् ।” “त्यही नाम” भन्‍ने शब्दहरूले “ख्रीष्‍टिएन” शब्दलाई जनाउँछ ।
4:17 x9np rc://*/ta/man/translate/figs-metaphor τοῦ οἴκου τοῦ Θεοῦ 1 यसले विश्‍वासीहरूलाई जनाउँछ, जसलाई पत्रुसले परमेश्‍वरको परिवारको रूपमा उल्लेख गर्छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
4:17 c8ke rc://*/ta/man/translate/figs-rquestion εἰ δὲ πρῶτον ἀφ’ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ Θεοῦ εὐαγγελίῳ 1 पत्रुसले यो प्रश्‍न सुसमाचारलाई इन्कार गर्ने मानिसहरूको न्याय विश्‍वास गर्नेहरूको भन्दा कडा हुनेछ भन्‍ने कुरामा जोड दिनका लागि प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “यदि त्यो हामीबाट सुरु हुन्छ भने, परमेश्‍वरको सुसमाचार नमान्‍नेहरूको परिणाम अझ खराब हुनेछ ।” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-rquestion]])
4:17 z9zc τί τὸ τέλος τῶν ἀπειθούντων 1 “तिनीहरूलाई के हुनेछ”
4:17 l3db τῶν ἀπειθούντων τῷ τοῦ Θεοῦ εὐαγγελίῳ 1 “परमेश्‍वरको सुसमाचारलाई विश्वास नगर्नेहरू ।” यहाँ “मान्‍ने” शब्दको अर्थ विश्‍वास गर्ने भन्‍ने हुन्छ ।
4:18 w8ke rc://*/ta/man/translate/figs-rquestion ὁ δίκαιος & ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται 1 पत्रुसले यो प्रश्‍न सुसमाचारलाई इन्कार गर्ने मानिसहरूको न्याय विश्‍वास गर्नेहरूको भन्दा कडा हुन्छ भन्‍ने कुरालाई जोड दिनका निम्ति प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “धर्मी मानिस ... अधर्मी र पापीको परिणाम झन् खराब हुनेछ ।” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-rquestion]])
4:18 ms54 ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται 1 “अधर्मी र पापीलाई के हुनेछ”
4:18 t762 rc://*/ta/man/translate/figs-activepassive εἰ ὁ δίκαιος μόλις σῴζεται 1 यहाँ “उद्धार” शब्दले ख्रीष्‍टको आगमनको बेला हुने अन्तिम उद्धारलाई जनाउँछ । यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि परमेश्‍वरले धर्मी मानिसको उद्धार गर्नुअगि उसले धेरै कष्‍ट भोग्छ भने” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
4:18 wb4v rc://*/ta/man/translate/figs-doublet ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς 1 “अधर्मी” र “पापी” दुवैले एउटै अर्थ दिन्छन् र मानिसहरूको दुष्‍टतालाई जोड दिन्छन् । वैकल्‍पिक अनुवादः “अधर्मी पापीहरू” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublet]])
4:19 qm3u rc://*/ta/man/translate/figs-synecdoche παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶν 1 “आत्मा” शब्दले एउटा सम्पूर्ण व्यक्तिलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तिनीहरू आफैँलाई सुम्पनु” वा “तिनीहरूको जीवनलाई सुम्पनु” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-synecdoche]])
4:19 wih1 rc://*/ta/man/translate/figs-abstractnouns ἐν ἀγαθοποιΐᾳ 1 भाववाचक नाउँ “असल काम” लाई क्रियापद भएको वाक्यांश राखेर अनुवाद गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “जब तिनीहरूले असल गर्छन्” वा “जब तिनीहरू ठीक तरिकाले जिउँछन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-abstractnouns]])
5:intro a6d9 0 # १ पत्रुस ०५ सामान्य टिपोटहरू\n\n## संरचना र ढाँचा\n\nप्राचीन मध्‍यपूर्वका धेरै मानिसले पत्रहरूलाई पत्रुसले यस पत्रको अन्‍त्‍य गरे झैँ गरी अन्‍त्‍य गर्दथे ।\n\n## यस अध्यायमा भएका विशेष अवधारणाहरू\n\n### मुकुटहरू\n\nमुख्य गोठालोले दिनहुने मुकुट एउटा इनाम अर्थात् यस्‍तो केही कुरा हो, र यो विशेष रूपले असल कार्य गर्ने मानिसहरूले यो प्राप्‍त गर्दछन् । (हेर्नुहोस्ः [[rc://ne/tw/dict/bible/other/reward]])\n\n## यस अध्यायमा भएका भाषाका महत्त्वपूर्ण अलङ्कारहरू\n\n### सिंह\n\nसिंहहरू एकदम छिटो हिंड्ने र बलिया हुन्‍छन्, र तिनीहरूले प्रायः अन्‍य हरेक जनावरलाई खाइदिन्‍छन् । यसकारण, अरू सबै जनावर सिंहहरूदेखि डराउँछन् । तिनीहरूले मानिसहरूलाई पनि खान्‍छन् । यसरी नै सैतानले परमेश्‍वरका मानिसहरूलाई तर्साउँछ । यसैले सैतानले विश्‍वासीहरूका शरीरमा हानि पुर्‍याउन सक्‍छ, तर तिनीहरूले परमेश्‍वरमा भरोसा गर्दछन् र उहाँको आज्ञापालन गर्दछन् भने, तिनीहरू सधैँ परमेश्‍वरका मानिस भएर रहने छन् र परमेश्‍वरले तिनीहरूको हेरविचार गर्नुहुन्‍छ भनी आफ्‍ना पाठकहरूलाई शिक्षा दिनका लागि पत्रुसले सिंहको उपमा प्रयोग गरेका हुन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-simile]])\n\n### बेबिलोन\n\nबेबिलोन दुष्‍ट राज्‍य थियो, जसले पुरानो करारको समयमा यरूशलेमलाई नाश पारेको, यहूदीहरूलाई तिनीहरूका घरहरूबाट जबरजस्‍ती लिएर गएको र तिनीहरूमाथि शासन गरेको थियो । आफूले पत्र लेख्दे गरेका ख्रीष्‍टिएनहरूलाई सतावट गर्ने राज्‍यलाई सङ्केत गर्नका लागि पत्रुसले बेबिलोनलाई एउटा उपमाका रूपमा प्रयोग गरेका छन् । यहूदीहरूले ख्रीष्‍टिएनहरूलाई सतावट गरिरहेका हुनाले तिनले यरूशलेमलाई सङ्केत गरेका पनि हुन सक्‍छन् । अथवा रोमीहरूले ख्रीष्‍टिएनहरूलाई सतावट गरिरहेका हुनाले तिनले रोमलाई सङ्केत गरेका पनि हुन सक्‍छन् । (हेर्नुहोस्ः [[rc://ne/tw/dict/bible/kt/
5:1 s8fr सामान्य जानकारीः 0 पत्रुस विशेष गरी एल्डर भएका मानिसहरूसँग कुरा गर्छन् ।
5:1 yb3l rc://*/ta/man/translate/figs-activepassive τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης 1 यसले ख्रीष्‍टको दोस्रो आगमनलाई अङ्‌कित गर्दछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “ख्रीष्‍टको महिमा जुन परमेश्‍वरले प्रकट गर्नुहुनेछ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]] अनि [[rc://ne/ta/man/translate/figs-metonymy]])
5:2 a5s7 rc://*/ta/man/translate/figs-metaphor ποιμάνατε τὸ & ποίμνιον τοῦ Θεοῦ 1 त्रुसले विश्‍वासीहरूलाई भेडाहरूको बगाल र एल्डरहरूलाई तिनीहरूको वास्ता गर्ने व्यक्तिहरूको रूपमा व्यक्त गर्छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
5:3 lta9 rc://*/ta/man/translate/figs-metaphor μηδ’ ὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλὰ τύποι γινόμενοι 1 एल्डरहरूले उदाहरण दिएर नेतृत्व गर्नुपर्छ, आफ्‍ना नोकरहरूप्रति कठोर व्‍यवहार गर्ने मालिकले गरे झैँ मानिसहरूप्रति व्‍यवहार गर्न हुँदैन । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
5:3 xwr3 rc://*/ta/man/translate/figs-abstractnouns τῶν κλήρων 1 तपाईंले यसलाई क्रियापद भएको वाक्यांशसहित अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “जसलाई परमेश्‍वरले तिमीहरूको हेरचाहमा राख्‍नुभएको छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-abstractnouns]])
5:4 td11 rc://*/ta/man/translate/figs-metaphor καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος 1 पत्रुसले येशूलाई सबै गोठालाहरूमाथि अधिकार हुनुभएका गोठालाको रूपमा व्यक्त गरेका छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जब मुख्य गोठालो येशू प्रकट हुनुहुन्छ” वा “जब परमेश्‍वरले मुख्य गोठालो येशूलाई प्रकट गर्नुहुन्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]] अनि [[rc://ne/ta/man/translate/figs-activepassive]])
5:4 ll4r rc://*/ta/man/translate/figs-metaphor τὸν ἀμαράντινον τῆς δόξης στέφανον 1 यहाँ “मुकुट” शब्दले विजयको प्रतीकको रूपमा कसैले प्राप्‍त गर्ने इनामलाई जनाउँछ । पदावली “नाश नहुने” शब्दले यो अनन्त छ भन्‍ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “सदा रहने महिमामय इनाम” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
5:4 c6h3 τῆς δόξης 1 महिमामय
5:5 qm2h सामान्य जानकारीः 0 पत्रुसले जवान पुरुषहरूलाई निर्देशन दिँदै सारा विश्‍वासीहरूलाई पनि निर्देशन दिन्छन् ।
5:5 x6c2 ὁμοίως 1 यसले पत्रुसले [१ पत्रुस ५:१](../05/01.md) देखि लिएर [१ पत्रुस ५:४](../05/04.md) मा वर्णन गरे झैँ गरी एल्डरहरू मुख्य गोठालोको अधीनमा हुनुपर्ने कुराको तरिकालाई जनाउँछ ।
5:5 uh4n πάντες 1 यसले सबै विश्‍वासीलाई जनाउँछ, जवान मानिसहरूलाई मात्र होइन ।
5:5 r6s6 rc://*/ta/man/translate/figs-metaphor τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε 1 पत्रुसले विनम्रताको नैतिक गुण प्राप्‍त गर्ने कामलाई कपडा पहिरिने कामको रूपमा व्यक्त गर्दछन् । वैकल्‍पिक अनुवादः “एक अर्काप्रति विनम्रता देखाओ” वा “नम्रताको साथमा व्यवहार गर” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
5:6 bie6 rc://*/ta/man/translate/figs-metonymy ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἵνα 1 यहाँ “बाहुली” शब्दले विनम्रहरूलाई बचाउने र घमण्डीहरूलाई दण्ड दिने परमेश्‍वरको शक्तिलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरको महान् शक्‍तिमुनि, त्यसैले” वा “परमेश्‍वरको अगाडि, उहाँसँग महान् शक्ति छ भनी जान्दै, त्यसैले” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
5:7 c1uu rc://*/ta/man/translate/figs-metaphor πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρίψαντες ἐπ’ αὐτόν 1 चिन्ता भनेको कोही व्यक्तिले आफैँमाथि बोक्‍नको साटोमा परमेश्‍वरमाथि राखिदिने गह्रौँ भारी भए झैँ गरी बताउँछन् । वैकल्‍पिक अनुवादः “तिमीहरूलाई चिन्‍तित तुल्‍याउने हरेक कुरामा उहाँमाथि भरोसा गर” वा “तिमीहरूलाई समस्‍यामा पार्ने सबै थोकको हेरविचार गर्न उहाँलाई देओ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
5:8 k9nt rc://*/ta/man/translate/figs-idiom νήψατε 1 यहाँ “सचेत” भन्‍नाले दिमागको स्‍पष्‍टता र सचेततालाई जनाउँछ । तपाईंले यसलाई [१ पत्रुस १:१३](../01/13.md) मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “आफ्‍ना विचारहरूलाई नियन्‍त्रण गर” वा “आफूले के विचार गर्दछौ, सो बारेमा सजग होओ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-idiom]])
5:8 tl7i rc://*/ta/man/translate/figs-simile διάβολος, ὡς λέων ὠρυόμενος περιπατεῖ, ζητῶν τινα καταπιεῖν 1 पत्रुसले दुष्‍टलाई गर्जने सिंहसँग तुलना गरेका छन् । जसरी भोको सिंहले आफ्नो सिकारलाई पूर्ण रूपले निल्छ, त्यसरी नै दुष्‍टले पनि विश्‍वासीहरूको विश्‍वासलाई पूर्ण रूपले नष्‍ट गर्ने मौका खोज्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-simile]])
5:8 l4u5 περιπατεῖ 1 “यताउता हिँड्दै” वा “यताउता हिँड्दै र सिकार गर्दै”
5:9 c5z9 rc://*/ta/man/translate/figs-metonymy ᾧ ἀντίστητε 1 खडा हुनु भनेको लड्नुको लागि प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “त्यसको विरुद्धमा लड” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
5:9 v451 rc://*/ta/man/translate/figs-metaphor ὑμῶν ἀδελφότητι 1 सङ्गी विश्‍वासीहरू एउटै समुदायका सदस्‍यहरू भए झैँ गरी पत्रुसले भनेका छन् । वैकल्‍पिक अनुवादः “तिमीहरूका सङ्गी विश्‍वासीहरू” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
5:9 i4ur ἐν τῷ κόσμῳ 1 “संसारभर विभिन्‍न स्थानहरूमा”
5:10 eex1 सामान्य जानकारीः 0 यो पत्रुसको पत्रको अन्त्य हो । यहाँ उनले आफ्नो पत्रको बारेमा अन्तिम भनाइ र अन्तिम अभिवादन दिन्छन् ।
5:10 suu9 ὀλίγον 1 “छोटो समयको लागि”
5:10 p648 ὁ & Θεὸς πάσης χάριτος 1 यहाँ “अनुग्रह” शब्‍दले परमेश्‍वरले दिनुहुने कुराहरू वा परमेश्‍वरका गुणहरूलाई जनाउँछ । सम्भावित अर्थहरू हुन् १) “हामीलाई चाहिने सबै कुरा सधैँ दिनुहुने परमेश्‍वर” वा २) “सधैँ अनुग्रही हुनुहुने परमेश्‍वर ।”
5:10 lwz6 ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ 1 “जसले तिमीहरू ख्रीष्‍टसँग जोडिएका कारण स्वर्गमा भएको उहाँको अनन्त महिमा बाँड्नको निम्ति तिमीहरूलाई छान्‍नुभयो”
5:10 qf2h καταρτίσει 1 “तिमीहरूलाई सिद्ध बनाउनु” वा “तिमीहरूलाई पुनर्स्थापित गर्नु” वा “तिमीहरूलाई पुनः ठीक बनाउनु”
5:10 j2nt rc://*/ta/man/translate/figs-metaphor σθενώσει, θεμελιώσει 1 यी दुईवटै अभिव्यक्तिले एउटै अर्थ दिन्छन्, जसको अर्थ हुन्छ, परमेश्‍वरले विश्‍वासीहरूलाई उहाँमा विश्‍वास गर्न र तिनीहरूले अनुभव गर्न सक्‍ने जस्तोसुकै कष्‍टका बाबजुद पनि उहाँको आज्ञापालन गर्न सक्षम तुल्याउनुहुनेछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
5:12 an6q διὰ Σιλουανοῦ, ὑμῖν & δι’ ὀλίγων ἔγραψα 1 यस पत्रमा पत्रुसले लेख्‍न लगाएको कुरा सिलासले लेखे ।
5:12 g1t6 rc://*/ta/man/translate/figs-metonymy ταύτην εἶναι ἀληθῆ χάριν τοῦ Θεοῦ 1 “मैले परमेश्‍वरको साँचो अनुग्रहको बारेमा लेखेको छु ।” यहाँ “अनुग्रह” शब्दले सुसमाचारको सन्देशलाई जनाउँछ, जसले परमेश्‍वरले विश्‍वासीहरूका निम्ति गर्नुभएको दयालु कुराहरूलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
5:12 nm72 rc://*/ta/man/translate/figs-metaphor εἰς ἣν στῆτε 1 “त्यस” शब्दले “परमेश्‍वरको साँचो अनुग्रह” लाई जनाउँछ । यो अनुग्रहमा बलियो तरिकाले खडा हुने कुरालाई कुनै एक ठाउँमा खडा हुने र हट्नलाई इन्कार गर्ने अर्थमा बताइएको छ । वैकल्पिक अनुवादः “यसमा बलियो तरिकाले प्रतिबद्ध भएर रहो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
5:13 muq7 rc://*/ta/man/translate/writing-symlanguage ἡ ἐν Βαβυλῶνι 1 यसले शायद “बेबिलोन”मा भएका विश्‍वासीहरूको समूहलाई जनाउँछ । “बेबिलोन”को लागि सम्भावित अर्थहरू हुन् १) यो रोमको सहरलाई जनाउने सङ्केत हो, वा २) यो सताइएका ख्रीष्‍टिएनहरूलाई जनाउने सङ्केत हो, वा ३) यसले साँच्‍चै बेबिलोनको सहरलाई नै जनाउँछ । यसले रोमको सहरलाई जनाउने कुराको सम्भावना बढी छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/writing-symlanguage]])
5:13 rpf5 rc://*/ta/man/translate/figs-activepassive συνεκλεκτὴ 1 यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जसलाई परमेश्‍वरले तिमीहरूलाई चुने जसरी नै चुन्‍नुभएको छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
5:13 ws2x rc://*/ta/man/translate/figs-metaphor ὁ υἱός μου 1 पत्रुस मर्कूसलाई आफ्नो आत्मिक छोरोको रूपमा लिन्छन् । वैकल्‍पिक अनुवादः “मेरो आत्मिक छोरो” वा “जो मेरो लागि एक छोरा जस्तै हुन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
5:14 fc7b φιλήματι ἀγάπης 1 “प्रेमिलो चुम्बन” वा “एक अर्काप्रतिको प्रेम देखाउने चुम्बन”