ne_luk_text_ulb/08/40.txt

1 line
990 B
Plaintext

\v 40 जब येशू फर्कनुभयो, भीडले उहाँलाई स्वागत गर्‍यो, किनकि तिनीहरू सबैले उहाँलाई पर्खिरहेका थिए । \v 41 हेर, याइरस नाउँ गरेका एक जना मानिस, जो सभाघरका अगुवाहरूमध्ये एक थिए, तिनी आए र येशूका पाउमा घोप्‍टो परे र आफ्नो घरमा आउन तिनले उहाँलाई बिन्ती गरे । \v 42 किनभने तिनको एउटै मात्र बाह्र वर्षकी छोरी मर्नै लागेकी थिई । उहाँ जाँदै गर्नुहुँदा मानिसहरूको भीडहरूले उहाँलाई घचेटिरहेका थिए ।