\v 30 त्यसपछि येशूले त्यसलाई सोध्नुभयो, “तेरो नाउँ के हो?” र त्यसले भन्यो, “फौज” । किनकि धेरै भूतात्माहरू त्यसभित्र पसेका थिए । \v 31 तिनीहरूलाई गहिरो खाडलमा नपठाउनुहोस् भनी तिनीहरूले उहाँलाई निरन्तर बिन्ती गरे ।