ne_heb_text_ulb/08/03.txt

1 line
1.3 KiB
Plaintext

\v 3 किनकि हरेक प्रधान पूजाहारी भेटीहरू र बलिदानहरू दुवै चढाउन नियुक्त गरिएको हुन्छ । त्‍यसकारण, केही कुरा चढाउन आवश्‍यक छ । \v 4 अब यदि ख्रीष्‍ट पृथ्‍वीमा हुनुभएको भए, उहाँ कदापि पूजाहारी हुनुहुने थिएन किनकि त्‍यहाँ व्‍यवस्‍थाअनुसार भेटी चढाउनेहरू छँदैछन् । \v 5 तिनीहरूले स्‍वर्गीय कुराहरूको नक्‍कल र छा‍ँयाको मात्र सेवा गर्छन् । जसरी मोशाले बासस्थान बनाउन लाग्दा परमेश्‍वरद्वारा मोशालाई चेतावनी दिइयोः परमेश्‍वरले भन्‍नुभयो, “हेर, पहाडमा तिमीलाई देखाइएको नमुनाबमोजिम हरेक थोक तिमीले बनाउनू ।”