ne_heb_text_ulb/05/12.txt

1 line
1.2 KiB
Plaintext

\v 12 किनकि यस बेलासम्म त तिमीहरू शिक्षकहरू भइसक्‍नुपर्ने थियो, तर तिमीहरूलाई अझै पनि कसैले परमेश्‍वरका वचनका साधारण सिद्धान्तहरू सिकाउनुपरेको छ । तिमीहरूलाई खँदिलो भोजन होइन, दूधको आवश्‍यक छ । \v 13 किनकि दूध मात्र पिएर जिउने कसैले पनि धार्मिकताको वचनसँग अनुभव गर्न सक्दैन, किनभने त्यो अझसम्म बालकै हुन्छ । \v 14 तर खँदिलो भोजन परिपक्‍वहरूका लागि हो । यी तिनै हुन् जसका परिपक्‍वताको कारण तिनीहरूले दुष्‍टबाट असल छुट्‌‍याउन सक्‍ने बुझाइको तालिम पाएका हुन्छन् ।